श्री एयरलाइन्सको एकाधिकार अन्त्य हुने विश्वास

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

राजविराज । बुद्ध एयरले राजविराज विमान स्थलबाट उडान सेवा सूचारु गर्न तत्परता देखाएपछि श्री एयरलाइन्सको एकाधिकारको अन्त्यको हुने भएको छ ।

बुद्ध एयरले राजविराज विमानस्थललाई नेपालमै पूर्वकाल देखि नै चर्चित, ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको गृहको रुपमा रहेको संज्ञा दिदैं यहाँबाट उडान भर्ने तत्परता देखाएको हो ।

यद्यपी बुद्धले एक सर्त तेस्र्याएको छ । बुद्व एयरले राजविराज विमानस्थलमा रि–फ्यूलिङ् सुविधा दिनुपर्नेमा जोड दिएको छ । रि–फ्यूलिङ्को व्यवस्था गरिए आगामी मार्च १ तारिक देखि आफ्नो एटिआरको उडान सेवा सुचारु गर्ने बुद्ध एयर जनकपुरका प्रबन्धक विजय प्रसाद सिंहले बताएका छन् ।

सिंहले प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउतलाई ध्यानकार्षण पत्र बुझाउँदै प्रदेश २ को तीन मध्ये कुनै पनि विमानस्थलमा रि–फ्यूलिङ् सुविधा नरहेको बताए । जसका कारण जनकपुर र सिमरा विमानस्थल चाहे जतिको उडान सेवा दिन नसकेको स्मरण पत्रमा उल्लेख गरिएको छ ।

उनले विमानस्थलहरुमा रि–फ्यूलिङ्को व्यवस्था मिलाईए तीन वटै विमानस्थलबाट उडान सेवा दिन सकिने उल्लेख गरेका छन् ।

पछिल्लोपटक २०६५ सालदेखि पूर्णरूपमा वन्द रहेको विमानस्थ पुनः सञ्चालनमा ल्याउन सरकारले ३० करोड ३० लाख ६४ हजार ५२८ रुपैयाँ खर्चेर १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडा धावनमार्ग निर्माण गरेको थियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी