‘श्रृंखलाले मिस वल्र्डको उपाधि जित्न सक्छिन्’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये अहिलेसम्मकै सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी पनि उनी बनेकी छिन् ।मिस वल्र्ड प्रतियोगितामा सहभागि भए देखि श्रृंखलाको चर्चा सामाजिक संजाल, अन लाइन मिडिया देखि राष्ट्रिय दैनिकहरुमा चलिरहेको छ ।

 चीनमा भइरहेको मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु के-के होलान् भनेर खोजीनीति सुरु भएको छ ।

मिस नेपाल श्रृंखलाले चीनमा जारी मिस वल्र्ड अन्तरगत मल्टिमिडिया दुई वटा अवार्ड हात पारिसकेकी छन् । खतिवडाले ब्यूटी विद अ पर्पस र मल्टी मिडियाको अवार्ड हात पारिसकेकी छन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ ।

सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले एक सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी थिइन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वल्र्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ ।

मिस नेपाल श्रृंखलालाई नजिकबाट चिनेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल श्रृंखलाको सफलताको एउटा कारण उनको बौद्धिकता रहेको बताउँंछन् । श्रृंखला उनको कम्पनी गोर्खा इको प्यानलका व्राण्ड एम्वेसडर हुन् ।

ईन्जिनियर दुवाल भन्छन्, ‘अरु मिस नेपालहरु सायद शारीरिक सौदयर्तामा केन्द्रित होलान्, तर मिस नेपाल श्रृखंलासँंग थप बौद्धिकता पनि तीक्ष्ण छ ।’ श्रृंखलाको सफलताको एउटा वलियो आधार व्युटी विद पर्पाेज  (उद्देश्यसहितको सौन्दर्य) रहेको उनी बताउँंछन् । मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी उनले  मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुयाएको अभियानलाई उनले बृतचित्रमा समेटेकी छिन् ।

यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीनमा रहेकी श्रृंखला आफैंले पनि आफ्नो सफलताको कारण आफूले लगेको व्युटी विद् पर्पाेज भनिरहेकी छिन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरिरहेका छन् ।

व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही व्युटी विथ पर्पाेज पनि हुने गर्दछ ।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृंखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेकी हुन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी