संविधान संशोधन नभए फोरमले सरकार छाड्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

राजविराज । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष रेणु यादवले आफ्नो पार्टीसँग भएको सम्झौता बमोजिम संविधान संशोधन नभए पार्टी सरकारमा नबस्ने बताएकी छिन् । पार्टीको राजविराज नगर समितिद्वारा आइतबार राजविराजमा आयोजित भेलामा बोल्दै यादवले नेकपासँग सविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताको ग्यारेन्टी गर्ने सहमति भएको बताइन् । उनले संसद्को चालु हिउँदे अधिवेशनमा संविधान संशोधन प्रस्ताव पेस नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने उनको भनाइ छ ।

पार्टीको राजनीतिक समिति सदस्यसमेत रहेका प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश २ मा फोरम–राजपा गठबन्धनको सरकार परिवर्तन नहुने बताए । सामाजिक सञ्जालमा फैलाएको भ्रमको पछाडि नलाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रदेश सरकारको लोकप्रियता देखेर विपक्षीले सरकार ढल्ने नकारात्मक प्रचारबाजी गरेको आरोप लगाए । पार्टीका जिल्ला सदस्य अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनीतिक समिति सदस्य कैलाश यादव, केन्द्रीय सदस्यहरू चित्तनारायण यादव, शैलेश चौधरी, सूर्यनाथ यादव, उमेश यादव, अशोक यादव, पूर्व सांसद लक्ष्मी चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी तराई मधेस प्रदेश समितिका मुख्य सचिव शम्भु झा, सदस्य युसुफ अलि, जिल्ला इन्चार्ज सत्यनारायण यादव, जिल्ला अध्यक्ष दिनेशकुमार यादव, सचिव केदारप्रसाद यादवले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाले भीमराज यादवको संयोजत्वमा ३१ सदस्य राजविराज नगरस्तरीय तदर्थ समिति गठन भएको जिल्ला सहसचिव वृजमान तामाङले जानकारी दिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी