सन्दीपलाई बेष्ट इण्डिजमा अवार्ड

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले बेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।

गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एण्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए ।

सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (बेष्ट इन्डिज), एपिएल (अफगानिस्तान), टी–१० (युएई), बिबिएल (अष्ट्रेलिया), बिपिएल (बंगलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान) छन् ।

गत वर्षबाट इण्डियन प्रिमियर लिगबाट टी–२० लिगमा ‘डेब्यू’ गरेको सन्दीपले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टी–१० लिग र अष्ट्रेलियाको बिगबास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन् ।, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई ‘पभेलियन’ पनि फर्काएका छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी