सन्दीपले फेरी दिल्ली डेयरडेभिल्सबाट खेल्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।

गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो। यस पटक सन्दीपलाई कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन। तर रिटेन गर्दा प्राय पहिलेकै मूल्य हुनेछ भने क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक तोकिन सक्ने पनि प्रावधान रहेको छ ।

दिल्ली गत सिजन समूह चरणको खेलमा पुछारमा रहँदै लिग टुंग्याएको थियो। अन्तिम तीन खेल खेल्ने मौका पाएका सन्दीपले तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र ड्यान क्रिस्टियन, लियाम प्लंकेट र जुनिअर डालालाई टोलीमा राखेको छैन ।

भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि अर्को सिजनका लागि टोलीमा समेटिएका छैनन् । दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई भने टोलीमा ल्याएको छ । यसका लागि विजय शंकर, अभिषेक शर्मा र सहबाज नदीम हैदराबाद पुगेका छन् ।

पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् । भारतीय ब्याट्सम्यान मनाजोत कालरा, जयन्त यादव, राहुल टेवाटिया, हर्षल पटेल, अमित मिश्रा र आवेश खान पनि अर्को सिजन दिल्लीबाटै खेल्नेछन् ।

यसपटक आईपीएल नियमित हुँदै आएको मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ । मे महिनामा विश्वकप भएका कारण अप्रिलमा आयोजना हुँदै आएको आईपीएल यसपटक मार्चमा नै सुरु हुने प्रबल सम्भावना छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी