समाजसेवी बन्नु छ यहाँ …….( कविता )

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

समाजसेवी बन्नु छ यहाँ …..

यौन प्यास मेट्न होटल छिरेकी
अध्वैसे बचायो रे
उसैको दुई बर्ष देखिको साथि लाई
पुलिस चौकीमा बाँस सरायो रे
बलात्कार केहो मतलव छैन जसरी पनि
समाजसेवी बन्नु छ यहाँ ।

नेपाली माटोमा सबैले देख्ने गरि
आगो बलिरहेको बेला
नेपाली नागरिकता लत्याएर
परिवारको खुसीमा हासो सल्काएर
अङ्ग्रेजीमा देउसी भैलो भट्टाएर
नेपालीको साथ होस् नहोस्
मतलव छैन किर्तिम भए पनि
समाजसेवी बन्नु छ यहाँ ।

सिधा सादा लाई ठगेर होस्
बन्द कोठामा भुकेर होस्
फेस बुकमा लाइफ चुटेर होस्
छाड्देउ मलाई जसरी पनि
समाजसेवी बन्नु छ यहाँ ।

आफ्नो ईमानलाई बिर्सेर
निर्दोश मनलाई घिर्सेर
सत्यतथ्य कुरा पिल्सेर
पीडित पिडक जोसुकै जेसुकै हुन
चासो छैन किनकि
समाजसेवी बन्नु छ यहाँ ।

गाइ भैसिले पनि नखाने
उतेको घाँस भन्न सुहाउने हरु
आफुलाइ आफैले बाघ भन्दैछ्न
प्रवास मा मरेको लास पनि
चारै तिर ताना तान गरेर
आफै मसान घाट बन्दैछ्न
आसु र पिडाको मतलव छैन जसरी पनि
समाजसेवी बन्नु छ यहाँ ।

राम्रो कुरामा ताली बजाउ
नराम्रो कुरामा गाली बजाउ
केही फरक पर्दैन मन मिलेमा
जोसुकै लाई बजाउ
चर्चा कमाउन भुतको लाइफ गर्ने
जोसुकै होस् उसका कानका जाली बजाउ
किनकि साच्चिकै समाजसेवी बन्नु छ यहाँ ।

अर्जुन सिहं अनुरागि
कर्णाली प्रदेश
हाल प्रवास

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी