साउदीको जेलबाट फर्किए लिम्बू , लाइसेन्स बिनै चलाउँथे गाडी

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौँ– नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूका अगाडि त्यो बिकल्प सम्भव भएन ।

साउदी अरबको सडकमा मालबाहक गाडी चलाउँदै गर्दा एक्कासि साउदी नागरिकले चलाएको कारले उनको गाडीलाई ठक्कर दियो


ठक्करबाट कारमा सवार साउदी नागरिकको ज्यान गयो । त्यसलगत्तै साउदी प्रहरीले उनलाई नियन्त्रणमा लियो र रियादस्थित मलास जेलमा राख्यो । लाइसन्स र बीमा नभएको सवारी साधन चलाएकाले उनकै गाडीलाई ठक्कर दिनेलाई नभइ उनी नै दोषी ठहरिए ।

अदालतको फैसला नआउँदासम्म उनी आठ महीनासम्म जेल जीवन बिताउन बाध्य भए । गएको फागुन १ गते अदालतको फैसलाबाट उनी जेलमुक्त भए । अदालतले दुर्घटनामा लिम्बुको ७५ प्रतिशत गल्ती देखाई ब्लडमनी बापत साउदी रियाल दुई लाख २५ हजार र दुर्घटनामा परेको कारको क्षतिपूर्तिबापत साउदी रियाल १५ हजार तिर्नुपर्ने फैसला ग¥यो । उक्त ब्लडमनी एवं क्षतिपूर्तिको आधा रकम लिम्बू र आधा रकम कम्पनीले तिर्नुपर्ने फैसलामा उल्लेख थियो ।

प्रवासी नेपाली समन्वय समितिको पहलमा ‘प्रशान्त लिम्बू उद्धार अभियान’ शुरु भयो । पिएनसिसीले यसै वर्षको असार १४ गतदेखि ब्लडमनी सङ्कलन अभियान शुरु गरेको थियो ।

छोटो समयमै अभियानले सफलता पायो । परिणामस्वरुप बिहीबार राति मात्र लिम्बू स्वदेश फर्कन सफल भएका हुन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी