साउदीमा कार्यरत वलीको मृत्यु

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

साउदी अरबमा कार्यरत एक नेपालीको निधन भएको छ ।  साउदीको ताबुकस्थित आस्त्रा कम्पनीमा कार्यरत दाङका उम बहादुर वलीको मृत्यु भएको हो ।
रोजगारीको लागि ७ वर्ष अघि साउदी पुगेका घोराही उपमहानगरपालिका ३ का वलीको वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
केही समयदेखि अस्वस्थ रहदै आएका उनी १७ नोभेम्बर, २०१८ मा एक्कासी बिमारले चापेपछि प्रीन्स फाहाद बिन हस्पिटलमा भर्ना भएका थिए ।
अवस्था अत्यधिक नाजुक रहेको भन्दै डाक्टरले तत्कालै सल्यक्रिया गर्नु सल्लाह दिएपछि गत शुक्रबार २३, नोभेम्बर शल्यक्रिया भएको थियोे । शल्यक्रिया पश्चात् अस्पतालको आइसीयु कक्षमै मृत्यु भएको उनका साथी दिनेश तामाङ र मनिराम ढकालले जानकारी दिएको एनआरएनए ताबुकका क्षेत्रीय अध्यक्ष अर्जुन थापाले बताएका छन् ।
मृतक वलीको ७ महिना अघि पनि पायल्सको सल्यक्रिया भएको थियो । ‘शल्यक्रियापछि उहाँको स्वास्थ्यमा खासै सुधार नभइ थप अन्य बिमारले समेत च्यापेको थियो,’ क्षेत्रीय अध्यक्ष थापाले भने । साथै घटनाको विवरण जेद्धा कन्सुलरमा समेत अवगत गराएको उनले बताए ।
मृतकका श्रीमती र दुई छोरीहरु छन् भने घरको आर्थिक स्थिति अति कमजोर रहेकोले परिवारको भविष्य समेत अन्योलमा पर्ने भएको बताइएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी