साउदीमा जेल परेका प्रशान्त ब्लडमनि तिरेर घर फर्किए

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं–साउदीमा ८ महिनादेखि जेलमा रहेका एक नेपाली घर फर्किएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका ४ का प्रशान्त लिम्बु बिहिबार राति नेपाल फर्किएका हुन् । २०७३ सालको साउन २६ गते रोजगारीका लागि साउदी गएका प्रशान्तले चलाएको गाडी २५ अप्रिल २०१७ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा साउदीका एकजना नागरिकको ज्यान गएपछि त्यहाँको अदालतले उनलाई दोषि भन्दै सजाय सुनाएको थियो ।

करम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा मालबहाक गाडि चलाउने प्रशान्तसँग साउदीको सवारी चालक लाइसेन्स पनि थिएन । उनलाई कम्पनीले लाइसेन्सबिनै गाडि चलाउन लगाएको थियो । पछाडीबाट आएको कार उनको गाडिमा ठोक्कीए पनि लाइसेन्स नभएका कारण अदालतले उनलाई दोषि ठहरायो ।

अदालतले उनको ७५ प्रतिशत दोष रहेको जनाएको थियो । साउदीको मसाल जेलमा ८ माहिना बसेपछि १३ फेब्रुअरी २०१८ मा अदालतले जेलमुक्त गर्न आदेश दिएको थियो । तर ब्लडमनि तिर्न नसक्दा प्रशान्त नेपाल फर्किन पाएका थिएनन् । अदालतले एक लाख २० हजार रियाल अर्थात ३६ लाख १ हजार ६ सय रुपैयाँ ब्लडमनि तिर्नु पर्ने फैसला सुनाएको थियो ।

उनलाई नेपाल फर्काउन विभिन्न देशमा रहेका नेपाली तथा संघसंस्थाले रकम संकलन गरेका थिए । प्रशान्तलाई नेपाल फर्काउनका लागि ब्लडमनि तिर्न प्रवासी नेपाली समन्वय समिति पिएनसिसीले १५ लाख ४४ हजार २ सय ६०, प्रम राई बचाउ अभियान मूल समितिले १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापा ५ लाख ४ हजार, किराँत याक्थुम चुम्लुङ्ग केन्द्रीय कार्यालय ललितपुरले ८० हजार र प्रशान्त लिम्बु देश फर्काउ अभियान ताप्लेजुङले ५६ हजार ९ सय ४० रुपैयाँ सहयोग गरेका हुन् ।

प्रशान्तको ब्लडमनि तिर्नु पर्ने रकम भदौ २५ गते परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । प्रशान्त फर्किएसँग उनको परिवारमा खुसी छाएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी