साउदीमा २ नेपालीको दु:खद निधन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रोजगारीका सिलसिलामा साउदी  गएका दुई जना नेपालीहरु सदाका लागि नेपाल नफर्कने गरि उतै अस्ताएका छन् ।

दाङ निवासी तेज खनाल र धनुषाका तेज नारायण पासवानको गत ५ नोभेम्बरमा सवारीसाधन दुर्घटनामा परि दुःखद निधन भएको हो ।

सोमबार बिहान ४:४५ बजे ड्युटी जाने क्रममा पाकिस्तानी ड्राइभरले चलाएको पिक अप बिजुलीको पोलमा ठोकिदा दुर्घटना हुन पुगेको एनआरएनए एनसीसी अध्यक्ष नारायण पासवानले जानकारी दिए । उनका अनुसार तत्काल गाडीमा आगलागी भै दुइजना नेपाली गाडीबाट निस्कन नपाउदै घटना स्थलमै निधन भएको थियोे भने गाडी चालक पाकिस्तानी नागरिकको अबस्था चिन्ताजनक रहेको छ ।

साउदी अरबको रियाद मेट्रो प्रोजेक्टमा कार्यरत दुबै जना नेपालीको लास रियाद किङ्ग फाद हस्पिटलमा राखिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी