साउदी अरबका जनसमुदाय तथा पिएनसिसिबीच छलफल तथा अन्तरक्रिया

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

साउदि अरब –प्रवासी समन्वय समिती ( पिएनसिसि) काठमाडौं नेपालले २१ डिसेम्बर, २०१८ शक्रवारका दिन साउदी अरबमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साउदी अरबको दम्माम स्थित रोश रेस्टुरेन्टमा सम्पन्न भएको हो।कार्यक्रममा नेपाली राजदूूतावास रियादका स्थानीय कर्मचारी हरी घिमिरे, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानार्थ सदस्य राजु सैयद, मध्यपुर्व महिला उप–संयोजक यास्मिन बेगम,  एनआरएनए आइसिसि सदस्य जोन अर्याल, राष्ट्रिय समन्वय परिषद् साउदि अरबका अध्यक्ष नारायण पासवान लगायत साउदी अरबमा कृयाशिल विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहेको थियोे।

बिरेन्द्र कुमार चौधरिद्वारा संचालित कार्यक्रमलाई पिएनसिसिका अध्यक्ष कुल प्रसाद कार्कीले कार्यक्रमको उदेश्य, संस्थागत गतिविधि सहित सम्बोधन गरेका थिए । त्यसैगरि सल्लाहकार तारा भन्डारीले शुभयात्रा एनरोइड मोवाइल एप्लिकेशनको प्रयोग, उपयोगीता सहितका जानकारी गराएका थिए भने सहभागीहरुले एप्लिकेशनका थप विकासका र प्रभावकारिताबारे आ–आफ्नो राय, सल्लाह र सुझाव दिएका थिए।

कार्यक्रमको अन्तमा पिएनसिसिद्वारा संचालन गरिएको थानेश्वर भूषाल बचाउ अभियानका सहयोगीदाताहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो । सल्लाहकार तारा भन्डारीका अनुुसार दम्ममाको अलावा साउदि अरबको रियाद, अलकासिम, जेद्धा लगायत विभिन्न शहरहरु पनि थप कार्यक्रम  तय गरिएको छ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी