साउदी अरबमा ज्यान बाँच्यो! नगद र सामान सबै ध्वस्त

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रियाद। सोमबार साउदी अरबको जिजान सविया नजिकै जेद्दा रोडस्थित नेपाल मेलमिलाप प्रवासीय संघको कार्यालय आसपासमा रहेको  “साउदी पम्प” नामक कम्पनी  ब्लोक र कङ्गक्रिट फ्याक्ट्रीमा बिजुली सर्ट भइ आगलागी हुँदा नेपाली कामदारहरुको नगद  र सामान जलेर नष्ट भएका छन्। आगलागी हुनासाथ बिन ओत ओत कम्पनीमा कार्यरत महन बिक्रम बिस्टले नेपाल मेलमिलाप प्रवासीय संघका अध्यक्ष लिला (बिचारी )बहादुर बुढाथोकीलाई जानकारी गराएका थिए।

जानकारी पाउना साथ बुढाथोकी घटना स्थल पुगी पीडितहरुको अबस्थाका विषयमा जानकारी लिएका थिए।  दमकलसहित आएको पुलिसको टोलीले घट्ना स्थल वरिपरि जान सर्वसाधारणलाई  रोक लगाए पनि संघका कोषाअध्यक्ष अमर तामाङ्ग अरबि भाषा जानकार भएको र नेपाली साथीभाई तथा अन्य ब्याक्तिलाई सहयोग गर्न गएको जानकारी दिए पश्चात् भेट्ने अनुमति मिलेको बुढाथोकीले बताए।

उनले बताए अनुसार कम्पनीमा काम गर्ने कामदारहरु बस्ने एउटा कन्टिनरमा बिजुली सट हुँदा आगो लाग्न पुगेको थियो। आगो लाग्दा नेपाली,भारतीयलगायत अन्य कामदार बस्ने कोठाहरु जलेर सबै सामानहरु जलेर नस्ट भएका छन्। हावाहुरी चलेको कारण दमकल आई आगो निभाएपनि  नेपाली कामदारहरु जिवन बिक, ओम बिक र असिकलाल यादवलगायत अन्य मुलुकका कामदारहरुका सबै सामान नगद, मोबाइल,कागतपत्र जलेर धोस्त भएका छन्।

जिवन बिक २९ महिनादेखि काम गरिरहेका थिए। उनी केही महिनापछि स्वदेश घर छुट्टी जाने तयारीमा थिए।  ड्राइभर काम गर्दै आएका जीवन आफू मकवानपुर जिल्ला हेटौँडा नगरपालिका वार्ड न ५ वासामाड़ीका स्थायी बासी हुन्। जीवनको ३४०० सय रियाल नगद,घर जानको लागि किनेका सामानहरु १५०० सय रियाल अकमा,लाइसेन्स सबै थोक हिसाब गर्दा नेपालि नगद रु १८०००० ( एक लाख असिहजार मात्र ) नोक्सान  भएको  अनुमान गरिएकोछ। छुट्टीमा नेपाल गइ  बिबाह गर्ने तयारीमा रहेका उनी घटना पश्चात् भएको क्षतिले निकै निरास छन्।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी