साउदी गएकी नेपाली युवतीले बंगाली ड्राइभरसँगको सम्बन्धबाट दूताबासमै जन्माइन् बच्चा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौ, माघ २०- नेपाली दुताबास साउदी अरबको सेल्टरमा आश्रय लिन आएकी नवलपरासी जिल्लाकी रिस माया नेपालीले छोरालाई जन्म दिएकी छिन् ।

पिडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दुताबास प्रांगणमा खोलिएको सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ।नेपाली हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छिन ।कतिपयले सिंगो दुताबास नै मामा बनेको भनि अर्थ्याएका छन् ।गत शनिबार ट्याक्सी ड्राईभरले दुताबास बाहिर छोडेर गए पश्चात दुताबासको आश्रयस्थलमा रहेकी उनले दुई दिन पश्चात सेल्टरमै बच्चा जन्माएकी थिईन । ति महिला गर्भवती रहेको भन्नेबारे दुताबासलाई थाहा पत्तो नभएको जनाइएको छ । ति महिलाले बच्चा जन्माउदा परराष्ट्र मन्त्रालय कन्सुलर बिभागका महानिर्देशक गेहेद्रराज भण्डारी साउदी अरबको भ्रमणमा रहेका थिए ।

नेपाली राजदुत महेन्द्र सिंह राजपुतले मानबिय आधारमा ति महिला र बच्चाको स्वास्थलाई ध्यानमा राखी प्रसुती भए पश्चात तुरुन्त अस्पताल पुर्याईएको र हाल उनको प्रतक्ष्य रुपमा देखभाल गरिरहेको कुराकानीमा जनाएका छन ।

दुई बर्ष पहिला कुवेतबाट साउदी अरब ल्याईएकी नेपालीको शारीरिक अवस्था प्रसुती हुने देखेर घर मालिकले घरबाट निकाली दिए पश्चात उनि दुताबास आई पुगेकी थिईन ।

उनले घरमा काम गर्ने बंगालीसंगको लसपसमा गर्भ रहेको भनि उनले जानकारी दिएको जनाइएको छ ।साउदी अरबमा घरेलु कामदार पठाउन बैधानिक रुपमा साउदी अरबमा प्रतिबन्ध लगाईएता पनि अनेकन बाटो भएर साउदी अरबमा घरेलु कामदारको रुपमा हजारौ महिलाहरु कार्यरत रहेको मानिन्छ ।

बैधानिक तवरबाट नआउने हुँदा यकिन संख्या सम्बन्धित निकायसंग रहेको मानिन्न ।

घरेलु हिँसा देखि अनेकन पिडाका कथाहरु बाहिर आएका छन ति मध्ये दुताबास प्रांगणमै सन्तानको जन्म नौलो र आँखा खोल्ने खालको देखिन्छ ।

युवती भिजिट भिसामा गएको पाइएकाले प्रहरी केस हुँदा उनलाई १५ हजार रियाल जरिवाना हुन सक्ने बताइएको छ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी