सिम्बा प्रिमियर लिगमा नेक्सस ४ बिकेटले पराजित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

२३ मंसिर नैराेबी केन्या,
अफ्रिकी मुलुक केन्याकाे राजधानी नैराेबी मा जारी सिम्बा प्रिमियर लिग अन्तरगत अाज सम्पन्न नेक्सस क्रिकेट एकेडेमी नेपाल र सेख युनियन क्रिकेट क्लब केन्या बीच भएकाे खेलमा केन्या ४ बिकेट ले बिजयी भएकाे छ ।

टस हारेर ब्याटिङ मा उत्रिएको नेक्सस क्रिकेट एकेडेमी नेपाल ले निर्धारित २० अाेभरमा ८ बिकेट गुमाउदै १४२ रन बनाएकाे थियाे । हिमाल कुंवर ले ३ छक्का ५ चाैका प्रहार गर्दै ५६ रन प्रहार गरेका थिए भने निश्चल राेक्काले २२ र अमन जैनले २० रन बनाएका थिए ।

बलिङ तर्फ केन्याका अक्षय शर्मा, भाेज पटेल र जयस खुवाडाे ले समान २/२ बिकेट लिएका थिए ।

१४३ रनकाे बिजयी लक्ष्य का साथ ब्याटिङ मा अाएकाे केन्याले १९.३ अाेभरमा ६ बिकेट गुमाउँदै १४४ रन बनाएाे थियाे । केन्याका जयस खुवाडाे ले ३७, जन्जेन अाेडुले ३२ र भाेज पटेलले २८ रन बनाएका थिए ।
बलिङतर्फ क्रिस कार्की ३ र समिर बिष्ट २ बिकेट लिएका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी