सुकीलाई दिइएको सम्मान एम्नेष्टी इन्टरनेशनलद्वारा फिर्ता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

नेपित । एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ ।

गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले “एम्बेसेडर अफ कन्साइन्स अवार्ड” फिर्ता लिएको जनाएको छ ।

सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन् । उनी विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् । सुकीलाई एम्नेस्टी इन्टरनेशनलले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ दिएको थियो ।

म्यानमारको सैनिक सरकारबाट आफ्नै घरमा नजरबन्दमा रहँदा सुकीलाई सो सम्मान दिइएको थियो ।

म्यानमारका अल्पसंख्यक रोहिङ्ग्या नागरिकलाई सुकी सरकारमा रहेका बेला नराम्रो व्यवहार भएको र उनले छिमेकी देश बङ्गलादेशमा शरणार्थीका रुपमा बसिरहेका उनीहरुलाई स्वदेश फिर्ता गर्न कुनै पहल नगरेको विश्व समुदायको गुनासो रहेकै बेला एम्नेस्टीले उनलाई दिएको पुरस्कार नै फिर्ता लिएको हो ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सन् २००९ मा दिइएको उक्त सम्मान फिर्ता गरिएको जानकारी ट्वीटरमार्फत जनाइन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी