सेभ द हार्ट सेवाका एक अभियन्ता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

‘छाती दुख्यो, सास फेर्न गाह्रो भयो’ भन्दै एक महिला उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरको आकस्मिक कक्षमा आइन् । उमेरले भरखरै २४ वर्षकी ती महिला गर्भवती थिइन् । डाक्टरले फटाफट उनको परीक्षण गरे । धेरै थरिको परीक्षणपछि मुटुको नली फुट्नै लागेको पत्ता लाग्यो । नलीका तीन तहमध्ये दुई तह च्यातिइसकेका थिए । बाहिरी तहले मात्रै थेगेको थियो ।

‘तुरुन्त अफरेसन नगर्ने हो भने आमा र बच्चा दुवैको ज्यान खतरा थियो’ डा. अनिल भट्टराईले दुई महिनाअघि अस्पतालमा आएको उक्त ‘केस’ का बारेमा बताए । अनिलको पेशागत जीवनमा ती महिलाको अवस्था ‘रेयर केस’ अर्थात् दुर्लभ अवस्था थियो । त्यतिबेला उक्त सेन्टरको कार्डियोलोजी डिपार्टमेन्टका प्रमुख थिए प्रशिद्ध चिकित्सक डा. भगवान् कोइराला । उनी विदेशमा थिए । निर्णायक भूमिकामा थिए अनिल । त्यसो त यस्तै केस नभए पनि निकै जटिल मानिएका केसको शल्यक्रिया उनले यसअघि पनि धेरै पटक गरिसकेका थिए । जीवन र मृत्युको फिप्टी फिप्टीको चान्स थियो । शल्यक्रिया नगर्दा दुवैको ज्यान पूर्ण जोखिममा थियो । रोग र बिमारीको अवस्थाबारे बिमारीका आफन्तसँग पनि उनले छलफल गरे र गम्भीरता जानकारी गराए ।

असामान्य केस आउँदा चिकित्सकहरू तत्कालै लिटेचर रिभ्यु गर्छन् । यस्तै केसमा संसारमा केके भएको रहेछ थाहा पाउन उनीहरू यसो गर्छन् । यो केसमा लिटेचरको खोजी भयो तर केही पत्ता लागेन । महिला तथा प्रसूति विशेषज्ञ, बाल विशेषज्ञ, मुटुरोग विशेषज्ञलगायतका चिकित्सकको समूह थियो । समूहका चिकित्सकले चरण चरणमा छलफल गरे । बिमारीका आफन्त अन्यथा सोच्ने कुरै थिए । आमा र शिशु दुवै सकुशल देख्न नचाहने कुरै भएन । उनीहरूले तत्कालै शल्यक्रिया थाल्न आग्रह गरे ।

फेरि अर्को प्रश्न तेर्सियो । शल्यक्रिया त गर्ने तर पहिला के गर्ने ? बच्चा निकाल्ने वा मुटुको । मुटुको शल्यक्रिया थाल्दा बच्चा बचाउन गाह्रो हुन सक्थ्यो । बच्चा पहिला निकाल्दा महिलाको जीवन नहरन सक्थ्यो । नगर्दा आमा बच्चा दुवैको एकैसाथ ज्यान जान सक्थ्यो । चिकित्सकको समूहमा गहन छलफल भएपछि पहिले बच्चा निकाल्ने निर्णय भयो । पाठेघरको बच्चा झिक्न चिकित्सकको समूहले ती महिलाको पेट खोल्यो । पाठेघर खोल्यो । बच्चा निकाल्यो । रगत बगिराखेको थियो । तत्कालीन उपायले रगत केही थामियो ।

चिकित्सकको टोलीले पाठेघर र पेट खुलै राखेर ती महिलाको छाती खोल्यो । र, थाल्यो मुटुको शल्यक्रिया । सात घण्टामा सकियो । आमा र बच्चा दुवैको ज्यान बच्यो । यो शल्यक्रियालाई डा. अनिल पेशागत जीवनको सबैभन्दा जोखिमको साहसी काम भन्छन् । न लिटेचर रिभ्यू न त यसअघि यस्तो शल्यक्रियाको अनुभव ¤ उनी सबैभन्दा खुशी भए आमा र बच्चा दुवैको ज्यान बचाउन सफल भएकोमा । ‘दुवैको जीवन रहन्छ भन्नेमा हाम्रो होप फिप्टी फिप्टी थियो’ उनले भने । कार्डियोलोजिस्ट उपप्राध्यापक डा. अनिलका लागि यो रेयरमात्रै होइन आफ्नो पेशागत जीवनको अविस्मरणीय शल्यक्रिया भयो ।

बढ्दो मुटु रोग 

रामेछापकी ती महिलाजस्तै धेरै युवायुवती मुटुको समस्या र रोगबाट ग्रसित छन् । युवा उमेरमै मुटुको रोगी हुनुका कारण धेरै छन् । कोही जन्मजात मुटु रोगी छन् । जन्मजातबाहेक युवा उमेरमै मुटुरोग लाग्नुको मुख्य कारण अव्यवस्थित जीवनशैली र अस्वस्थकर खानपान हो । दैनिक धेरै मुटु रोगीलाई भेट्छन् डा. अनिल । उनको अनुभवमा दुई कारणले मुटु रोगी बढिरहेका छन्– पहिलो अज्ञानता र दोस्रो हेलचेक्र्याइँ ।

शरीरको महŒवपूर्ण अंग मुटु स्वस्थ राख्न जीवनशैली व्यवस्थित बनाउनुपर्छ । मुटुको स्वास्थ्यका लागि खानपिन महŒवपूर्ण हुन्छ । तेल र घ्यूमा बनाइएका खानेकुरा साह्रै कम खानुपर्छ । धेरै कार्बोहाइटेड र गुलिया खानेकुराले मुटु अस्वस्थ बनाउँछ । बोसो र छाला निकालेको मासुले बेफाइदा गर्दैन तर छाकैपिच्छे मासु खाने बानी सुधार गर्न डा. अनिलको सुझाव छ । फलफूल र सागपातले मुटुलाई स्वस्थ राख्छ । खानपिन स्वस्थ मुटुको पहिलो आधार हो । डा. अनिलको सुझाव छ, ‘प्रोटिनले मुटुलाई बलियो बनाउँछ, प्रोटिनयुक्त खाना खाऔं ।’

मुटुका लागि अर्को घातक बानी हो धुमपान । थोरै मध्यपान आक्कल झुक्कल भए पनि गरे पनि धुमपान पूर्ण हानिकारक छ । मुटुको स्वास्थ्यका लागि धुमपान बर्जित छ ।

मुटु र पूरा स्वास्थ्यका लागि व्यायाम अनिवार्य छ । दैनिक सके एक घण्टा नसके कम्तीमा आधा घण्टा पसिना निस्कने गरी शारीरिक व्यायाम गर्न डा. अनिलको सुझाव छ । भन्छन्, ‘खलखली पसिना निस्कने गरी शारीरिक व्यायाम गर्नैपर्छ ।’ स्वस्थ मुटुको अर्को आधार तौल नियन्त्रण हो । शरीरको असामान्य तौल धेरै रोगको कारण हो । मुटुसम्बन्धी रोग मोटोपनले नै निम्त्याउँछ । कोलस्टोर र सुगर (मधुमेह) का रोगीलाई मुटुरोग छिटो लाग्ने सम्भावना हुन्छ । हेलचेक्र्याइँले कोलस्टोर र सुगरका रोगीलाई मुटुरोग लाग्ने र कालन्तरमा हुदयाघात हुने सम्भावना अधिक हुन्छ । सावधानी अपनाउन उनको सल्लाह छ ।

मान्छेको दैनिकी तनावयुक्त छ । प्रतिस्पर्धा, समस्या, अभावलगायतका कारणले मान्छेको जीवन अहज बन्दै गएको छ । असजिलो फुकाउनु सट्टा मान्छेले जटिल बनाउँदै जान्छ । यसले तनाव बढाउँछ । तनावले समस्या समाधान हुँदैन तर रोग निम्त्याउँछ । डा. अनिलको सल्लाह छ, ‘तनावले सबैभन्दा धेरै असर मुटुमा पु¥याउँछ त्यसैले जीवनलाई सामान्य बनाऔं ।’ युवा उमेरमै मुटुरोग लाग्नु र हृदयाघात हुनुको मुख्य कारण मद्यपान र धुमपान सेवन हो । अस्तव्यस्त जीवनशैली, मद्यपान र धुमपानले युवा उमेरमै मुटुरोगी बढ्दैछन् ।

मेटालिक र तन्तु भल्ब

मानव शरीरमा फोक्सो, मिर्गौला, आँखा, कान, हातगोडा दुई दुईवटा छन् । मुटु त्यस्तो अंग हो, जुन एउटा मात्रै छ । जुन अंगले चार मिनेटमात्रै काम नगरे मान्छे निर्जीव हुन्छ । मुटुले चार मिनेट रक्तसञ्चार नगरे मस्तिष्कमा अक्सिजन पुग्दैन । अक्सिजन अभावमा मृत्यु हुन्छ । ‘चार मिनेटभन्दा बढी रक्तसञ्चार भएन भने ब्रेन ड्यामेज हुन्छ,’ डा. अनिल भन्छन् । कोमल अंग त्यसैले भनिएको हो मुटुलाई । त्यसैले मुटु फरक अंग हो ।

नेपालमा सबै खालका मुटु रोगी छन् । संसारको आँकडामा १ प्रतिशत मानिस जन्मजात मुटुरोगी छन् । अपरेसन नै गर्नुपर्ने मुटुरोगीहरूमा भल्ब फेर्नुपर्ने बिमारीको संख्या बढ्दैछ । भल्बले काम गर्न नसक्ने भए फेरिन्छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा मात्र वर्षको दुईदेखि तीन सयको भल्ब फेरिने डा. अनिल बताउँछन् । नयाँ भल्ब दुई खालका हुन्छन्– मेटालिक भल्ब र तन्तुको । मेटालिक भल्ब धातुको हो । तन्तुको भल्ब जनावर तन्तुबाट बनेको भल्ब हो । युवा उमेरकै मान्छेमा भल्ब फेर्नुपर्ने भए मेटालिक भल्ब राखिन्छ । उमेर ६० वर्ष माथि भए तन्तुको भल्ब राखिन्छ । ‘मेटालिक भल्ब एकपटक राखेपछि फेरि फेर्नुपर्दैन तर, तन्तुको भल्ब १५–२० वर्षमा फेर्नुपर्छ ।

के हो भल्ब ? 

एउटा निरोगी मुटुमा चारवटा भल्ब हुन्छन् । भल्ब भनेको एक किसिमको झिल्ली हो । यो पर्दाजस्तो हुन्छ । मुटुको हरेक धड्कनसँग भल्ब आफ्नो समयमा खुल्छ र बन्द हुन्छ । मुटु स्वस्थ हुँदा बट्टामा बिर्को लगाएजस्तै हुन्छ । रोग लागेपछि दुईवटा समस्या देखिन सक्छ । राम्रोसँग बन्द नहुने र राम्रोसँग नखुल्ने । राम्रोसँग नखुल्दा जुनमात्रामा रगत जानुपथ्र्यो त्यो हुन सक्दैन । कुनै बिमारीमा दुवै समस्या देखिनसक्छ । कुन अवस्थामा भल्ब फेर्ने भन्ने कुरा त्यसले गर्ने काममा भरपर्छ । उपचार गरेर नहुने अवस्थामा भल्ब फर्नुपर्छ ।

कसरी हुन्छ हृदयाघात ? 

मुटुको कुनै भागको मंशपेशी निष्क्रिय हुनु हृदयाघात हो । त्यो क्षेत्रमा रक्तसञ्चार गर्ने रक्तनली अवरुद्ध भयो भने माशंपेशीको मृत्यु हुन्छ । कत्रो रक्तनली अवरुद्ध भयो भन्ने कुराले हृदयाघातमा मानिसको मृत्यु तत्कालै हुन्छ वा हँुदैन भन्ने कुरा निर्भर हुन्छ । ठूलो नली अवरुद्ध भए मुटुको ठूलो माशंपेशीको मृत्यु हुन्छ । त्यस्तो अवस्थामा मान्छेलाई बचाउन सकिँदैन । जति सानो नली अवरुद्ध भयो उति नै ज्यानको खतरा कम हुन्छ ।

सभे द हार्ट 

इटालीमा पिएचडी गर्दै थिए डा. अनिल । ‘सेभ द हार्ट’ अभियानको अवधारणा उनी त्यही हुँदा जन्मियो । नेपालको विकट ठाउँमा रहेका नेपालीमा मुटुरोगका बारेमा चेतना जगाउन ‘सेभ द हार्ट’ खोल्ने निर्णयमा पुगे उनी । नेपालका मुटुरोगीलाई उपचार गर्न सहयोग गर्ने उद्देश्य थियो संस्थाको । पाँच वर्षअघि स्थापना भएको सेभ द हार्टले देशभर ३९ वटा हेल्थ क्याम्प आयोजना गरिसकेको छ । हालसम्म ४५ हजार मुटु रोगीको उपचार भएको छ । हेल्थ क्याम्पबाट १०७ जनालाई काठमाडौं ल्याएर मुटुको शल्यक्रिया गरिएको छ । क्षमता अभिवृद्धिको तालिम लिन एक चिकित्सकलाई विदेश पठाएको छ । संस्थाले नेपालमा उपचार सम्भव नभएका एक मुटुरोगी इटली पु¥याएर उपचार गराएको छ ।

हाम्रो कुराकानी सकियो । डा. अनिल बाहिर किस्किए । उनलाई भेट्न आएका बिमारी र तिनका आफन्तको लाइन निकै लामो भइसकेछ । उनी एकएक गरी भेट्न थाले । मैले केहीका कुरा सुन्ने अनुमति पाएँ । त्यहाँ आफ्नो आर्थिक अवस्था कमजोर रहेको दुखेसो गर्नेहरू पनि थिए । डा. अनिलले बिमारीका आफन्तलाई गम्भीर भएर सुने । समस्या समाधानका सम्भव उपाय सुझाए । डा.अनिलका सुझाव, बिमारीको अवस्थाप्रतिको उत्सुकता र समस्या समाधानका उपाय मनन गरिराखेका बिमारीका आफन्तको अनुहार र आँखा हेर्दा लाग्यो डा. अनिलमाथि धेरैको भरोसा छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी