सोफियाको जीवन बचाउन लागे बेलायतका नेपाली

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

लण्डन – दुवै मृगौलाले काम गर्न छोडेको २ वर्ष हुँदा समेत आर्थिक अभावका कारण उपचार गराउन नसकेकी मोरङकी १६ वर्षिया किशोरी सोफिया अधिकारीको सहयोगमा बेलायतका नेपालीहरु जुटेका छन् ।

बेलायतमा संचालित स्कटनेपाल मिडिया हाउसको पहलमा सोफियाको उपचारमा सघाउन आर्थिक संकलन थालिएको हो । सोफिया विगत १६ महिनादेखि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा आर्थिक अभावका कारण उपचारको पर्खामा जीवन र मृत्युसँग लडिरहेकी छिन् ।

सोफियाको बाबुआमाको कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा कठिनाई भएको हो । मिडल्यान्डको सोलिहलमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आइरहेका कृष्ण सामाजिक कार्यहरुमा पनि अग्रसर हुँदै आएका छन् ।

स्कटनेपाल मिडियाका निर्देशक टिका अधिकारीले उपचार खर्चको अभावमा एक किशोरी मृत्युको नजिक पुगेको देखेर आफुहरुले सहयोग गरेको बताए । सोमबारसम्म करिब ४ लाख रुपैयाँ संकलन भएको र सहयोगीहरुले सहयोग गर्ने क्रम जारी रहेको बताउँदै अबको केही दिनमै सहयोग रकम नेपालमा पिडितलाई हस्तान्तरण गर्ने बताए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी