हामी र हाम्रो धरातल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

जब जब राज्य निदाउँछ तब चोर फटाहाको बिगबिगी बढ्छ । गुण्डागर्दी फस्टाउँछ । विश्व बन्धुत्व नै गुमराहमा पर्न जान्छ । चोरी, हिंसा, लुटपाट हुन रात पर्नु नै पर्दैन । दिन दाहाडै नागरिक असुरक्षित हुन्छन् । राज्यमा अन्याय बढ्छ । बेथिति बढ्छ । अन्याय र बेथितिविरुद्ध लड्न राज्य सुतेर हुँदैन, जागा हुनुपर्छ । चोरलाई नै चैतारी मिल्ने अवस्थाले प्रश्रय पाउँदा आमव्यक्ति निराश हुन्छन् । चोर बाहिर हेर्दा साधुजस्तो देखिन पनि सक्छ ।

ब्राहृमण, क्षत्री, वैश्य वा शुद्र कुनै जात सोपान होइन । कार्य विशेषले सबै ब्राहृमण हुन्, सबै क्षत्री हुन्, सबै वैश्य हुन् अनि सबै शुद्र । कामको वर्गीकरण हो । समयको लामो अन्तरालमा यसमा विकृति बढेको हो । जब ज्ञानको, सिपको, दक्षताको, कुशल नीतिको, धर्मशास्त्रको, दैवीशक्तिको प्रयोग हुन्छ, व्यक्ति ब्राहृमण हुन्छ । पढ्ने, पढाउने, उपदेश दिने सबैजसो काम मुखबाटै हुन्छ । शिक्षा दिने, दीक्षा दिने, चरित्र निर्माण गराउने कार्य ब्राहृमणकर्म भयो । त्यही व्यक्ति सबैको रक्षा, सुरक्षा दिन थाल्छ, साहसिला कार्यमा अग्रसर हुन्छ, ठूलाठूला वीरता र शूरताका काम गर्न थाल्छ, बाहुबलले अघि बढ्छ, ब्राहृमणले दिएको आत्मबल बाहुबलमा प्रयोग हुन्छ तब व्यक्ति क्षत्री प्रकृतिको भइहाल्छ । ब्राहृमण हुँदा मुखको प्रयोग धेरै गरेथ्यो, अब क्षत्री भयो बाहु अर्थात् हातको प्रयोग भयो । इतिहास रच्ने साहसी कार्यमा अग्रसर भयो ।

उही व्यक्ति अब भरण पोषण, खरिद, बिक्री, बन्दव्यवसाय, किनबेच पसल, मल, व्यापारिक कम्प्लेक्स, उन्नति प्रगतिको लागि आर्थिक संस्थामा लगानी, उत्पादन, उत्पादनका वस्तुहरूको प्रयोग खाद्यान्न पेटमा, लत्ता कपडा शरीरमा जीवनयापन सञ्चालनका क्षेत्रमा आइपर्ने तमाम आर्थिक गतिविधि गर्न बस्यो उही व्यक्ति वैश्य भइहाल्यो । थोरै नाफा लिएर व्यापारिक समुन्नति, सेवातर्फ लाग्यो वैश्य भयो । ऊ व्यापारी, व्यवसायी हो ।

अब यतिले जीवन पूर्णता भएन । सेवा चाहियो सेवा गर्न एउटै स्थानमा थन्किएर हुँदैन । मान्छे चलायमान हुन खोज्छ, उसका खुट्टा दरा हुनुपर्छ । सेवा लिन, सेवा दिन हिँड्डुल जरुरी छ । अर्थात् खुट्टाको प्रयोग, आपूर्ति धन्दा, यातायात, सञ्चार रक्त सञ्चार । खुट्टामा काँडा बिझ्दा शरीरको सबै अंग शिथिल भइहाल्छ । सुन्दर शरीर राम्रो घर, राम्रा व्यापारिक कम्प्लेक्स हुन्, मजबुत हुन सतह बलियो हुनु जरुरी छ । सेवाका काममा लाग्नेहरू शुद्र भए । कोही जन्मदै ब्राहृमण हुने होइन । सुकर्म गर्नेहरू सबै ब्राहृमण हुन् ।

रामका गुरु विश्वामित्र जन्मदै ब्राहृमण थिएनन् । महाभारतका प्रकाण्ड विद्वान् विदुर दासीपुत्र हुन् । टाढा जानु परेन हाम्रै स्वामी प्रपन्नाचार्य ब्राहृमण कुलका होइनन् । सिद्धार्थ गौतम पनि ब्राहृमण कुलका होइनन्, खप्तड बाबा, शिवपुरी बाबा यस्ता धर्मवीर, कर्मवीर हाम्रासामु कति छन् कति ।

मठमन्दिरमा पनि सबैतिर ब्राहृमणमात्रै छैनन् । चार वर्ण कुनै समस्यै होइन । एउटै व्यक्ति कार्य विशेषले ब्राहृमण, क्षत्री, वैश्य एवं शुद्र हुनसक्छन् । कोही कसैले होच्याउन मिल्दैन । आआफ्नो कुल परम्पराअनुसार सबैले सबैको सम्मान गर्नैपर्छ । राज्यले सबैको आत्मसम्मान हुने र स्वाभिमानमा बाँच्न पाउने वातावरण तय गरिदिनुपर्छ । कार्य विभाजन कोही हेपिनका लागि होइन । सबै कामको सम्मान हुनुपर्छ ।

बाहृय चिन्तन चर्चा बढी छ, हामीकहाँ । कस्तुरीमृगले नाभीबाट आउने बास्ना अन्त कतैबाट आएको होला भनी खोज्दै हिँडेझैँ हामी पनि त्यस्तै भएका छौँ । मृग तृष्णामा छौँ हामी । मुलुकमा १२३ भाषा छन् । तीमध्ये ९६ प्रतिशत नेपालीले १९ भाषा प्रयोग गर्छन् । बाँकी १०४ भाषा ४ प्रतिशत नेपालीले बोल्छन् । पहिलो मातृभाषा नेपाली बोल्ने ४४.६ प्रतिशत छन् नेपालीहरू । दोस्रो भाषाका रूपमा बोल्नेहरू ३२.८ प्रतिशत छन् । संविधानले मुलुकमा बोलिने रैथाने भाषालाई राष्ट्रभाषा मानेको छ । राष्ट्रभाषाले राष्ट्र निर्माणमा सघाउँछ । मुलुकमा सातहजार पाँच सय पत्रपत्रिका दर्ता छन् । तीमध्ये पाँच हजार नेपाली भाषाका छन् । दुई हजार पत्रपत्रिका अन्य मातृ भाषाका छन् । झण्डै दुई हजार पत्रपत्रिका अंग्रेजी भाषाका छन् । यीमध्ये कति प्रकाशित हुन्छन्, कति हुँदैनन् । भाषाले वाणी दिएको हुन्छ, बोली, शब्द, अलंकार, साहित्य, वर्णविन्यास, एक अर्कालाई अभिव्यक्त गर्ने शब्द भाषा नै हो । यो राष्ट्रको प्राण हो, राष्ट्रियता हो ।

विकसित मुलुकमा झैँ हामीले भाषामा जोड दिन सकेका छैनौँ । हाम्रो रैथाने भाषा लोपोन्मुख छ । भाषामाथि अतिक्रमण भएको छ । शुद्धतामा ध्यान दिइएको छैन । वैयाकरणिक नियम छोडिएको छ । भाषा भनेको कुरा बझ्नु त हो नि भन्दै लापरबाही गर्न थालिएको छ । यस्तै मान्यता विकास हुन थालेको छ । वर्णविन्यास, ह्रस्व दीर्घ, कारक, विभक्ति, लिंग सबै बेलगामको घोडाझैँ बनेका छन् । यहाँसम्म कि स्तरीय भनिएको राष्ट्रिय दैनिक पत्रपत्रिका, साप्ताहिक, मासिक, छापा, मिडियादेखि बोलीचालीको भाषा प्रयोग हुने श्रव्य दृश्यका ठूला च्यानलबाट पनि भाषिक शुद्धता अपनाएको पाइँदैन । समाचारमूलक सन्देश, गहन लेख, रचना, प्रकाशित पुस्तकमा पनि मनग्गे त्रृटि रहेका छन् । यसरी भाषामा हेलचेक्र्याइँ गर्ने हो भने एक–दुई दशकपछि नै हामीले आफ्नो भाषा पाउने छैनौँ ।

व्यापारीक कम्प्लेक्स, सार्वजनिक परिवहन, होर्डिङ बोर्ड यस्ता संयन्त्रमा देखिने गरेको भाषिक अशुद्धताले हाम्रो नेपालीपनको मौलिकता गुमेको आभास हुन्छ । यसरी गुम्दै जाँदा पछि राष्ट्रियता पनि कमजोर बन्न जाने सम्भावना हुन्छ । भाषाले नै हो पहिलो पहिचान दिने ।

राजनीति र राष्ट्रियतामा नङ–मासुको सम्बन्ध भएझैँ संस्कृति सभ्यता, भाषा, धर्म राष्ट्रियताको पर्याय हो । स्रष्टाहरूको सम्मानमात्र गरेर पुग्दैन । भाषा, साहित्यका पूर्खा र विद्यमान सर्जक साहित्यकार, भाषाविद्, कवि, लेखकको उचित सम्मानका साथै उनीहरूको योगदानको कदर गर्नुपर्छ । उनीहरूको भविष्यप्रतिको चिन्ताप्रति पनि राज्यले आँखा चिम्लन मिल्दैन । देश डसेको हेर्न कोही चाहँदैनन् । विभिन्न भाषामा आफ्ना मनहरू पोखिएका हुन्छन् । भाषा, साहित्य सृजना आखिर समाजको दर्पण हो । राजनीति, भाषा र साहित्य अलग होइनन् । महाकवि देवकोटा नै यसको उदाहरण छन्, टाढा जानु पर्दैन । उनी मन्त्री पनि भएकै हुन् । सारगर्भित पुस्तक प्रकाशन गर्ने स्रष्टाहरूलाई राज्यले खोजीसम्म गर्न सकेको छैन । राज्य राजनीतिमै मस्त छ, सुतिरहेको छ ।

मुलुकको पीडा दयनीय छ । झाडु बोक्नेहरूको चित्र हेरौँ । कुटो, कोदालो, डोको, नाम्लो प्रयोग गर्नेहरूको पीडा हेरौँ । सडेगलेका झिँगा भन्केका खाना खाई लालाबाला हुर्काउनेहरूको पीडा हेरौँ । सडकमा गिटी कुट्नेहरूको पीडा बोध गरौँ । सानो कटेरो, बाँस र चित्राले बेरेर रात कटाउनेहरूलाई हेरौँ । नाना, खाना र छानामा सम्पूर्णरूपमा अल्झिएकाहरूलाई हेरौँ । चित्र आफैँ बोल्छ, शब्द चाहिँदैन । हुनेखानेको कुरा होइन, हुँदाखानेको अवस्था समाजको दर्पण आफँै प्रतिविम्बित छ । यही समाजलाई समृद्ध बनाउनु छ ।

छ दशक अघिको कुरा हो । मुुलुकमा दुई तिहाइ बहुमत प्राप्त सरकार थियो तर ढल्यो । अहिले बलियो बहुमतको सरकार छ तर सबैतिरबाट आलोच्य छ । २०७५ मंसिर ११ गतेलाई सरकारले सामाजिक सुरक्षा दिवस मनायो । भड्किलो शैलीमा प्रचारप्रसार गरियो । सामाजिक सुरक्षा कार्यक्रम घोषणामै सरकारले करोडौं खर्च ग¥यो भन्ने सुनिन्छ । गल्ली, सडक चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीका फोटो सजिए । यसका आधार के के हुन् भनेर कसैले खुट्याउनै सकेन ।

सर्वहारा वर्गको नेतृत्व लिँदै उपल्लो दर्जामा पुगेको राष्ट्रपति पद आमजनमानसबाट आलोच्य बन्न पुग्यो । अठार करोडको गाडी सुविधा र राष्ट्रपति भवन विस्तार गर्न नजिकैको अर्को ठूलो सरकारी कार्यालय विस्थापित हुने भयो । पुरानो सामाजिक संस्था समाज कल्याण परिषद् विस्थापित हुँदै उपराष्ट्रपति भवन स्थापित हुने भयो ।

राष्ट्रपति उपराष्ट्रपतिको मात्रै कुरा होइन देशभरि नै राजनीतिक निकायबाट अन्य संस्था, भवन विस्थापित हुँदैछन् । आमजनताप्रति वितृष्णा हुने काम राज्यले गर्नुभएन । बाइस करोड जनसंख्या भएको भारतको उत्तर प्रदेशमा जम्मा एउटा प्रदेश छ । दश करोड जनसंख्या भएको पश्चिम बंगालमा एउटा प्रदेश छ । अनि झण्डै एक तिहाइ जनता कामको खोजीमा बाहिर गएका मुलुक हामीकहाँ सात प्रदेशको आवश्यकता नै किन भएको हो त ¤ वैज्ञानिक पुष्टि पनि हो कि पदस्थापना मिलाउन परेरमात्र हो ।

सबै तहलाई न्यूनतम पूर्वाधारको विकासतिर मात्र मुलुकको खर्च धान्न गाह्रो हुँदैन त ¤ यतातिर पनि सोच्ने बेला आएको छ । पैसा जति जनप्रतिनिधि र कर्मचारीको व्यवस्थापनमै सकिए समृद्धि केले ल्याउने हो ¤

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी