हायर ओपन हकि सिरिज 2018 को पहिलो खेलमा नेपाल पाकिस्तान सङ 8-0 ले पराजित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

मलायाखबर ।

पाकिस्तानको मुख्य शहर लाहोरमा आजदेखी सन्चालन भएको हायर ओपन हकि सिरिज 2018 को पहिलो खेलमा नेपाल आयोजक पाकिस्तान सङ 8-0 ले पराजित भएको छ ! सिमित स्रोत, पुर्वाधार र कम समयमा आफ्नो तयारी थालेको नेपालि टोलिले आजको खेलमा गोलगर्ने राम्रो अबसरहरु पाएको भएतापनी त्यसलाई सदुपयोग गर्न सकेनन् । उक्त सिरिजमा नेपाल लगायत आयोजक पाकिस्तान, अफगानिस्तान,काजाकिस्तान र उज्बेकिस्तानको सहभागिता रहेको छ । डिसेम्बर 17 देखि 22 सम्म सन्चालन हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल भोलि काजाकिस्तान सङ पाकिस्तानको स्थानीय समय दिउसो 12 बजेबाट खेल्नेछ । त्यसैगरी नेपालले तेस्रो खेल डिसेम्बर 20 मा उज्बेकिस्तान र आफ्नो अन्तिम खेल डिसेम्बर 21 मा अफगानिस्तान सङ खेल्ने छ ! त्यसैगरी पाकिस्तान भ्रमणमा रहेका नेपाल टोलिको नाम यसप्रकार छ :- प्रकाश कन्हैया,केशव जोशी,नरेन्द्र कार्की,सुरेस जोशी,रन्जित राउत,भानु भट्टराई,अमित श्रीबास्तब,किसन मगर,देब धामी,राम शाह, दिपेन्द्र एयर, प्रदीप राजबन्शी, रोशन चौधरी, राजेन्द्र कार्की, रोमन राना, किशोर ओझा, सागर आचार्य र प्रवेश खनिया रहेका छ्न भने टिम ब्यब्स्थापकमा असिम शर्मा प्रमुख प्रशिक्षकमा रन्जन थापा मेडिकलमा मनोज शर्मा र फिजिसियनमा बाबुराम नेपाल रहेका छन !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी