हेल्पलाइन सेवा नाम मात्रकै

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । ‘हल्लो सरकार’ हटलाइन नम्बर सबैले सुनेको र आफ्ना गुनासा राख्न प्रयोग गरेको टेलिफोन सेवा हो । सर्वसाधारणका समस्या नजिकबाट थाहा पाउन, उनीहरूका गुनासा सुन्न र आपतकालीन अवस्थामा सहयोग गर्न अहिले धेरैजसो कार्यालयमा हटलाइन तथा हेल्पलाइन सेवा देख्न पाइन्छ ।

काठमाडौं उपत्यकामा यो सेवाको सर्वसाधारणले उपयोग गरेको देखिँदैन । हटलाइन सेवा चौबीसै घन्टा सञ्चालन टेलिफोन सेवामार्फतमात्र सर्वसाधारणले गरेको गुनासो सुन्ने र बिस्तारै समाधान गर्दै जान सहयोग गर्दछ । हेल्पलाइन जसमा फोन, म्यासेज, इमेल गरेर आएका उजुरी साथै आपतकालीन अवस्थामा जुनसुकै समयमा पनि सहयोग गर्न हेल्पलाइन व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाभित्रका समस्या सुन्न र समाधान गर्न महानगरले पनि ‘हेल्लो महानगर’ हटलाइन ११८० सुरु गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हेल्पलाइन १०३, महिला हिंसा न्यूनीकरणका लागि हेल्पलाइन ११४५, बालबालिका खोजतलास तथा समन्वयन केन्द्रको हेल्पलाइन १०४ लगायत धेरै कार्यालयले हटलाइन र हेल्पलाइन चलाएका छन् ।

यी टेलिफोन सेवाले सर्वसाधारणलाई आकर्षित गर्न सकेको देखिँदैन । धेरैलाई यस्तो सेवाबारे थाहा नै नहुने र हुनेले पनि प्रयोग गर्ने गरेका छैनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टेलिफोन सेवा र काठमाडौं महानगरपालिकाको हेल्लो महानगर हटलाइन सेवा त्यसका उदाहरण हुन् । यी सेवामा अहिलेसम्म कुनै पनि उजुरी र गुनासो आएको छैन । सर्वसाधारणको सुरक्षाका लागि ट्राफिक प्रहरीले निःशुल्क टेलिफोन सेवा १०३ चलाए पनि गुनासो र उजुरी शून्य छ । त्यसैगरी महानगरपालिकाको हटलाइन टेलिफोन सेवा ६ महिना हँुदा चारवटा उजुरी परेका छन् ।

महानगरमा फोहोरमैला व्यवस्थापन गर्न र माइतीघर मण्डलामा राखिएको झन्डा च्यातिएकोले फेर्न लगायत अन्य दुई उजुरी मात्र महानगरमा परेका छन् । आफ्ना वरिपरि कस्ता कस्ता समस्या छन्, महानगरमा के कति आवश्यकता छ, सर्वसाधारणका गुनासो सुन्न हटलाइन सेवा सञ्चालनमा भए पनि धेरैलाई यसको बारेमा भएको देखिँदैन । महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘महानगरमा समस्या नभएर होइन, सेवाको बारेमा जानकारी नभएर उजुरी नआउने गरेको छ ।’ यसको बारेमा सबैलाई जानकारी दिने हो भने आफ्नो अगाडि भएका समस्या सबैले राख्न सक्ने उनको भनाइ छ ।

महानगरीय ट्राफिक महाशाखामा ट्याक्सीले भाडा बढी लिएको, भनेको ठाउँमा जान नमानेको लगायतका ३ वटा उजुरी मात्र परेको छ । अन्य समस्याका उजुरी छैनन् । तोकिएको भन्दा बढी भाडा लिएमा, ट्राफिक नियमको पालना नगरेको देखेमा जसले पनि १०३ मा फोन गर्न सक्ने व्यवस्था छ । तर यो सेवा सञ्चालन भएको लामो समय बितिसक्दा पनि उजुरी र गुनासो नआउनु आश्चर्यलाग्दो भएको महाशाखाको बुझाइ छ । महिला हिंसा न्यूनीकरणका लागि राखिएको हेल्पलाइन सेवा ११४५ मा भने ११ महिनामा १ हजार २७५ उजुरी परेको जनाइएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी