अक्षयलाई उपराष्ट्रपति पुनले दिए बधाई

619

काठमाडौं । ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी भई नेपालमा अन्तर्राष्ट्रिस्तरमा चिनाउन थप सहयोगी भूमिका खेलेका अक्षयजंग रायमाझीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् । मंगलबार साँझ आफ्नो कार्यकक्षमा भेट गर्दै पुनले सौन्दर्य प्रतियोगितामार्फत विश्वमा नेपाल चिनाएको भन्दै प्रशंसासमेत गरेका थिए । 

केही समयअगाडि फिलिपिन्सको मनिलामा आयोजना भएको मिष्टर वल्र्डमा अक्षय आफूलाई प्रतियोगिताको उत्कृष्ट १० भित्र उभ्याउँदै मल्टिमिडिया अवार्डसमेत नेपाल भिœयाउन सफल भएका थिए । उपराष्ट्रपति पुनसँगको भेटमा अक्षयले प्रतियोगिता आफूले नेपालको गौरव सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनालालगायत समेत अन्तर्राष्ट्रिय समुदायमा राखेको र भिजिट नेपाल २०२०को निम्तोसमेत दिएको जानकारी दिए ।

कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने भोषभूषा सहितको काल भैरव नाचसमेत प्रस्तुत गरेको अक्षयले पुनलाई जानकारी गराए । अक्षयसँग उपराष्ट्रपति पुनसँग भेट गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा र केही सहयोगीका साथ कार्यालय पुगेका थिए ।

अक्षयलाई मिष्टर वल्र्डमा एक्सपोज नेपालले पठाएको हो । त्यस्तै, एक्सपोज नेपालले एक विज्ञप्तिमार्फत नयाँ मिष्टर नेपाल अर्थात् ‘मिष्टर नेपाल २०१९’को लागि आवेदनसमेत खुला गरेको छ । 

१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन पाउने प्रतियोगिताको अडिसन कात्तिक २५ देखि धनगढीबाट सुरु हुने विज्ञप्तिमा उल्लेख छ । धनगढीपछि काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा समेत पहिलो चरणको अडिसन हुने आयोजकले जनाएको छ । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । 

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हँुदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म एक्सपोज नेपालको कुपण्डोलस्थित कार्यालय र वेभसाइटबाट पनि भर्न सकिनेछ ।