अडिशनमा दशौं मिस पूर्वाञ्चल

62

धरान । सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’को दशांै संस्करणको पहिलो अडिशन धरानमा सकिएको छ । फ्रेन्ड्स गार्डेनमा सम्पन्न अडिशनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

धरानको अडिशनमा धरान, धनकुटा, तरहरा, इटहरी, विराटनगर, बेलबारी र पथरीबाट प्रतियोगी सहभागी भएका थिए । अडिशनको निर्णायकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइँकेल, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङ लिम्बू, मिस पूर्वाञ्चल २०१६ फष्र्ट रनर अप इक्सा मादेन, मिस पूर्वाञ्चल २०१७ फष्र्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पूर्वाञ्चल २०१८ फष्र्ट रनर अप अनिला क्षेत्री थिए । 

सहभागीको योग्यता, पर्फर्मेन्सअनुसार मिस पूर्वाञ्चल २०१९को अन्तिम प्रतिस्पर्धाका लागि छानिने र त्यस्तै विराटनगर, इटहरी र दमकमा समेत बिहीबारदेखि आइतबारसम्म कलेज एक्टिभेशन र अडिशन गरिने सिल्भर इन्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढाबाट आउन छुटेकालाई आइतबारसम्म धरानमा अडिशन राखिएको श्रेष्ठले बताए ।

अडिशनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगीलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायत विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रशिक्षण दिइनेछ । 

कार्यक्रमको कोरियोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् । प्रतियोगितालाई प्रदेश १ तथा पूर्वी क्षेत्र ब्यापी र पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमसमेत राखिएको छ । नेपाल आइस मिस पूर्वाञ्चल २०१९को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९को उपाधिसँगै दुई लाख रुपैयाँ नगद र अध्ययनका लापग छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको ग्राण्ड फिनाले आगामी पुस ५ गते शनिबार धरानमा भव्यरूपमा आयोजना गरिनेछ । 

त्यस्तै फष्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्युटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्युटिफुल कम्लेक्सनलगायत विभिन्न विधामा प्रतियोगीहरू १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यसअघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकी प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७मा सुनसरीकी रुवि लिम्बू र २०१८मा झापाकी पूजा श्रेष्ठले जितेकी थिए ।