अत्यावश्यक अवस्थामा बाहेक भौतिक सम्पर्कमा नरहन कतारस्थित नेपाली दूतावासको अनुरोध

काठमाडौं । कतारस्थित नेपाली दूतावासले  अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन त्यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ । 

कतारमा ३ आप्रवासीसहित १५ जनामा कोरोनाभाइरसको पुष्टि भएको भन्दै नेपाली दूतावासले यो अवस्थामा कतार सरकारले नेपालसहित १४ वटा मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि लागू हेने गरी अस्थायी रुपमा रोक लगाएको जनाएको छ । 

कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनगर गर्दै अत्यावश्यकबाहेक एक आपसमा भौतिकरुपमा नभइ टेलिफोन वा इमलेमार्फत सम्पर्क गर्न दूतावासले कतारस्थित नेपाली समूदायलाई अनुरोध गरेको हो ।