अमेरिकामा कोरोना भाइरसको कारण रमेश(अनिल सुब्बा) लिम्बुको मृत्यु।

अमेरिका := अमेरिकामा बस्दै आएका एकजना नेपालीको कोरोना भाइरस ( कोभिड-19 ) को कारण मृत्यु भएको छ।

पुर्ख्यौली घर पाँचथर भएका रमेश (अनिल सुब्बा) सम्वाहाङ्फे
कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएको र उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको कुरा उनका भतिजी पर्ने आफन्त नेपाली गायिका अम्रिता लिम्बुले जानकारी दिइएकि छिन।

पाँचथरको साविक रानीगाउँ-४ गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि आफ्नो श्रीमति र दुई छोरा परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए।
सम्वाहाङ्फेको कोरोना भाइरसकै कारण निधन भएको खबर प्राप्त भएको जानकारी रानीगाउँ उपत्यका मिलन समाज परिवारका सचिव विन्देश्‍वर खनालले पनि प्रष्ट पारे ।

जानकारी अनुसार हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।