अर्जुन र मेहरको डिभोर्स

58

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपल र उनकी श्रीमती मेहर जेसियाको बिहे भएको १२ वर्षपछि डिभोर्स भएको छ । आपसी सहमतिमा फ्यामिली कोर्ट मुम्बईले उनीहरूलाई डिभोर्सको अनुमति दिएको हो । 

अर्जुन र मेहरका दुवै छोरी माहिका र मायरालाई आमा मेहरसँगै बान्द्रास्थित डुप्लेक्समा बस्न अदालतले आदेश दिएको छ । अर्जुनले सन् १९९८मा मेहरसँग विवाह गरेका थिए । गतवर्ष विवाह भएको बीस वर्ष पूरा भएसँगै उनीहरूले छुटिने घोषणा गरेका थिए । 

जेसियासँग छुटिएपछि अर्जुन प्रेमिका ग्याब्रिएलासँग लिभिङ टुगेदरमा छन् । तर उनीहरूले विवाह भने गरेका छैनन् । विवाह नगरे पनि उनकी प्रेमिका ग्याब्रिएलाले छोरा एरिकलाई जन्म दिइसकेकी छन् ।