‘एशिया प्रहरी सम्मेलन’ सम्पन्न

499

काठमाडौं । नेपाल प्रहरी र रेडक्रसको अन्तर्रा्ष्ट्रिय समिति ९आइसीआरसी० को संयुक्त आयोजनामा काठमाडौँमा भएको तीन दिने ‘एशिया प्रहरी सम्मेलन’ आज सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले क्षेत्रीय तहमा मानव अधिकारको प्रवद्र्धन गर्दै कानून कार्यान्वयन गर्न र विस्तृत रणनीति तयार गरी लागू गर्न सम्मेलनले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 

समाजलाई सुरक्षित बनाउन तथा रणनीतिक रूपमा एक अर्कालाई सहयोग गर्न सबै सहभागी देशका उच्च सुरक्षा पदाधिकारी उत्साहित रहेको चर्चा गर्दै उनले अपराध नियन्त्रण गर्न सम्मेलनले थप सहयोग मिल्ने बताए । समकालीन चुनौती र अवरोधको पहिचान, कानूनको शासन, कमाण्ड व्यवस्थापन र समुदाय प्रहरी साझेदारीले अख्तियार गरेको दृष्टिकोण सम्मिलित विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरे । 

सो अवसरमा आइसीआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलनको महत्व र सम्मेलनबाट प्राप्त निचोडहरु ज्यादै उपयोगी हुने उल्लेख गरे । उनले आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीका तर्फबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त र थाइल्याण्डका पुलिस मेजर जनरल अपिच्याट सुरिबोन्याले भनाइ राखेका थिए । सम्मेलनमा नेपालसहित १५ एशियन राष्ट्रका २५ जना उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।