कथा : रगतको साँघु

तीन वर्ष वनारसी पण्डाबाट काशीमा कर्मकाण्ड सिकेर आएका खनाल बाजे गाउँमा एकाधिकारी नम्बरी पण्डित नै थिए । आपूmलाई धर्मशास्त्रका ज्ञाता मान्ने उनी आपूmलाई शास्त्री नै ठान्थे । पुराण होस् कि बिहेबटुलो, न्वारन होस् कि श्राद्ध सबै जजमानकहाँ उनकै माग थियो गाउँमा । उनको पूरा नामथर धनुषनाथ खनाल भए पनि उनी आपूmलाई गाउँमा सबैलाई धनुषशास्त्री भनाउन चाहन्थे तर ढाडपछाडि गाउँलेहरू उनलाई धनुषे खँदाल भनेर पनि चिन्थे । हुन पनि उनका ख्याउटे अनुहारमा झुस्स फुलेका दारी, टुप्पीसम्म खुइलिएको तालु, पेट भासिएर कुप्रो परेको सिकुटे र अग्लो गेरु वस्त्रधारी शरीर र त्रिशूलले टीकाधारी निधार मास्तिर मौलाएको धनुषको ताँदोझैँ लामो टुप्पी देख्दा उनी कता–कता रामचन्द्र भगवान्का धनुषजस्तै देखिन्थे । उनी उपाध्याय बाहुनको घरमा चियासम्म पिउँथे, तीबाहेक अरू जातको घरमा पानी पिउनु त परै जाओस् उनीहरूले छोएको पूmल पनि देउतालाई चढाउँदा अपवित्र हुन्छ भन्ने ठान्थे ।

खँदाल पुरेत तल्ला जातिका घरमा कर्मकाण्ड गर्न बोलाउँदा कहिल्यै जाँदैन थिए । बाजेको कोठेबारीको सीमानैमा एउटा टुहुरो बिर्खे कामीको घर थियो । ऊ आरन चलाउँथ्यो । साह्रै मिजासिलो र परिआउँदा ज्यानै दिन पछि नपर्ने सहयोगी स्वभावको बिर्खेले गाउँभरिका मानिसका लागि खुकुरी, फरुवा, बञ्चरो, हँसियाजस्ता हतियार बनाइदिने र उदाउने काम गरिदिन्थे । बाहुन जाति अलि छुवाछूतका कट्टर पक्षपाती थिए । 

मिश्रित जातजातिको बसोबास भएको गाउँको माझमा कोठेबारीमा बनेको एउटा सानो घरमा उमेरले साठी नाघेका यी खनाल दम्पती बस्दथे । पण्डित बाजे दैनिक बिहानै नुहाइधुवाइ गरेर पूजाकोठामा शंखध्वनिसहित वेदपाठ गर्दै करिब दुई घण्टा जति पूजाआजामै व्यस्त रहन्थे । त्यसपछि नजिकैको शिवमन्दिरको मुख्य पुजारी भएको नाताले उनी त्यतातर्फ लागी अनि उतैबाट विभिन्न जजमानहरूकहाँ कर्मकाण्ड गर्न जान्थे । उनी साँझमा मात्र घर फर्कन्थे । बाहुन बाजे सधैं साँझमा घर फर्कँदा एउटा ठूलो धोक्रेझोलामा जजमानहरू चढाएका चामल, दाल, धोती, गम्छा, फलपूmल आदि लिएर आई घर आएपछि नुहाइधुवाइ गरेर सन्ध्यापूजापश्चात् अनि खाना खाएर सुत्थे । भोलिपल्ट फेरि त्यही चक्र दोहोरिन्थो ।

यता बाहुनी बज्यै पनि आप्mना दैनिकीमा व्यस्त हुन्थिन् । दान आएको एउटा रातो बाच्छी ठूलो भएर भर्खर लैनो भएको थियो । बज्यैलाई सुत्केरी गाईको स्याहार गर्न भ्याइनभ्याइ थियो । बूढाले घरमा सिन्को भाँच्दैन थे । बिचरी ¤ बज्यै हस्याङफस्याङ गर्दै एकाबिहानै गाईलाई कुँडो पकाउने, कोठेबारीको कान्लोबाट घाँस काटेर ल्याउने, गाईको भकारो सोहोर्ने आदि कामले बिहानै थकाइले चुर हुन्थिन् । त्यसपछि सिकुवा लिपपोत, नुहाइधुवाइ, पूजापाठ, भाततिहुन गर्दागर्दै दिनको प्रथम पहर सकिन्थ्यो । यी दैनिक कामका अतिरिक्त बाहुनी बज्यैले अरू थुप्रै खœयाङखुत्रुङ काम पनि गर्नुपथ्र्याे । बूढाले दानमा ल्याएका अक्षता, पूmल र तिल मिसिएका चामल छान्नु, दान दिएका कपडा पट््याएर सन्दुकमा राख्नु, दिउँसो कोठेबारीभित्रको करेसाबारीमा तुलपूmल लगाउनु, गोडमेल गर्नु आदि बजैका काम हुन्थे । दिनभरिको कामधन्दाले लखतरान बाहुनी बज्यै बेलुका सिधेनुन हालेको तरकारी र भात खाएर घप्लक्कै सुत्थिन् । भोलिपल्टको दैनिकी पनि यस्तै यस्तै हुन्थ्यो ।

न यी खनाल दम्पतीलाई पुरेत्याइँ र घरधन्दाको व्यस्तताले यसो छिमेकीहरूसँग दुःखसुखको भलाकुसारी गर्ने फुर्सद हुन्थ्यो न त रहर नै थियो । त्यही झुप्रो नै तिनीहरूको संसार र आप्mनो आस्था नै शाश्वत सत्य मान्थे । न तिनीहरू कसैलाई केही दिई न अरूबाट केही लिन्थे । 

बूढाबूढीले न कहिले राम्रो लगाए न मीठो मसिनो नै खाए । उनीहरूले छुवाछूत प्रथालाई बढावा दिइरहे । छुवाछूत प्रथा कानुनी अपराध हो भनेर उनीहरूलाई गाउँलेहरूले सम्झाए पनि खनाल दम्पती आप्mनो आस्थाबाट टसमस भएनन् । 

पुरेतबाजे एकदिन ज्वरोले सिकिस्त भए । बाहुनी बज्यैले सक्नेसम्म उनको स्याहारसुसार गरिन् । घरायसी ओखतीमूलो गरिन् तर चार दिनसम्म पनि पुरेत बाजेलाई कम भएन । नखाइनखाइ गरेको सधैंको दौडधुप, वृद्ध र कमजोर शरीर र त्यसमाथि निस्लोट ज्वरोको मारले थलिएका पुरेतबाजे ओछ्यानामै इन्तु न चिन्तु भए । बिचरी ∕ बाहुनी बज्यै पनि एकातिर गाईको स्याहार र घरधन्दा अर्कोतिर बिरामी बुढाको स्याहारसुसारको चापले आफैँ बिरामी पर्न आँटिन् । 

हप्तादिन भइसक्यो पुरेतबाजे ज्वरोले थलिएर ओछ्यान परेका र पनि ज्वरो बीसको उन्नाइस भएको छैन । सधैंझैँ बज्यैले बाजेलाई ज्वरो झार्ने जडिबुटी खुवाएर गम्छा भिजाई निधारमा पानीपट्टी गरिदिइन् र बुढाका लागि जाउलो पकाउन भान्सातिर लागिन् । एकछिनपछि बज्यै जाउलो लिएर आइन् । बाजेले त फुस्रो आँखा पल्टाइरहेका रहेछन् । ‘लौन हे हरि ! के भयो मेरो बूढालाई ?’ बज्यै छाती पिटीपिटी कहालिएर चिच्याउन थालिन् । रातमा निःसन्तान र बेसहारा वृद्ध दम्पतीको घरको त्यो दृश्य निकै कारुणिक देखियो । वर्षा र आकासको गड्याङगुडुङको हल्लाले बज्यैको चिच्याहट घरभित्रै कैदी बन्यो । बाहिर छिमेकीहरूको कानमा बाहुनीको कारुणिक रोदनलाई पापी झरी र बादलको गर्जनले बीचैमा रोकिदियो । बाहुनी अत्यास र अधैर्य बनेर ढोका खोलेर बाहिर झरीमा रुझ्दै चिच्याउँदै बारी, घर र गोठतिर भौंतारिन थालिन् । 

पल्लाघरे छिमेकी बिर्खे कामी पनि दिनभरिको आरन चलाउनाले लखतरान भएर बिंडी तान्दै बेलुकाको खाना खाएर सुत्ने तरखरमा थियो । बजैको आवाज बिर्खेको घरको झ्यालबाट छिरेर उसको कानमा पुग्यो । उसले आवाजको मुहान पत्ता लगाउने कोसिस ग¥यो । त्यो चिच्याहट पल्लाघरे छिमेकी बाहुनी बज्यैको भएको चाल पायो । बाहुनबाजेको घरमा केही विपत्ति आइलाग्यो होला भन्ने ठानेर बिर्खे आप्mनी स्वास्नी फूलमायालाई पनि सँगै लिएर बाहुनबाजेको घरतिर लाग्यो । उनीहरू बाहुनबाजेको घरको सिकुवामा पुगे । त्यहाँको दृश्य देखेर उनीहरू स्तब्ध भए । बाहुनबाजे घरभित्र दैलो छेउकै ओछ्यानमा आँखा पल्टाएर सुतिरहेका थिए । बाहुनी बज्यै बुढाकै छेउमा बसेर डाको छोडेर रोइरहेकी थिइन् । 

‘के भो हँ बाजेलाई ? बज्यै किन यसरी रुनुभाको ?’ दैलोबाट कराएर भित्रतिर हेर्दै बिर्खेले बाहुनीलाई सोध्यो । ‘बाजे हप्ता दिनदेखि ज्वरोले थलिएर सुतिराछन् । आज त आँखा पल्टाएर बेहोस् भइराका छन् । बिर्खे यिनलाई बचाम न । नत्र म एक्लै कसरी बाँच्नु ?’ डाको छोडेर रुँदै बाहुनीले कामीकमिनीतिर फर्केर सहयोगको याचना गरिन् । बिर्खे अलमलमा प¥यो र मनमनै कुरा खेलायो । ‘म पानी नचल्ने जात । बाहुनको घरभित्र पसूँ त अपराध लाग्छ, नपसूँ त आँखैअगाडि कसरी मान्छेलाई मर्न दिनु ? झन् महाअपराध हुन्छ । हे दैव ! कस्तो बिलखबन्दमा पा¥यौं मलाई ¤ जे होस् म बाहुनको घरभित्र पस्छु र बाजेलाई बचाउने कोसिस गर्छु ।’ 

यति कुरा गम्दै बिर्खे फूलमायाको हात तानेर स्वास्नीसहित पुरेतको घरभित्र पस्यो । बाहुनको मुखमा पानी छर्कंदै उनको नाडी र मुटुको धड्कन जाँच्यो । ‘धड्कन त चल्दै छ त ! यिनलाई अस्पताल लैजानुपर्छ ।’ यति भन्दै बिर्खेले नजिकैको अर्को छिमेकी सार्की कान्छोलाई बोलायो । फूलमाया र अर्धबेहोसी बाहुनीलाई त्यहीँ छोडेर कामी र सार्की मिलेर तन्नाको स्ट्रेचर बनाई बाहुनलाई अस्पतालतिर लगे । फूलमायाले बज्यैको हेरचाह र सेवा गरी । अस्पताल पु¥याएपछि सार्की कान्छो घर फर्कियो । बिर्खेले बाहुनलाई अस्पताल भर्ना ग¥यो । 

‘बाजे ! अहिले कस्तो छ त तपाईंलाई ?’ थर्मामिटरले बाजेको ज्वरो नाप्दै अस्पतालका वरिष्ठ डाक्टरले बाजेलाई सोधे । ‘ठीकै छु’ बाजेले गहभरि आँसु बोकेर जाउलो खाँदै अस्पतालको शैøयाबाटै उत्तर दिए । बिर्खेलाई देखाउँदै डाक्टरले बाजेलाई भने, ‘तपाईंको छोरो त साह्रै कर्तव्यनिष्ठ र पितृभक्त रहेछन् । उनले तपाईंलाई पानी पिलाउने, जाउलो खुवाउने र रातभर आपूm नसुती–नसुती तपाईंको हेरचाह गरेको देखेर हामी खुशी भयौँ । ब्लड बैंकमा रगतको अभाव भएको बेला तपाईंको छोराले तपाईंलाई रगत नदिएको भए हामी तपाईंलाई बचाउन सक्ने थिएनौँ ।’ 

डाक्टरको यो कुरा सुनेपछि पुरेत बाजेले भक्कानिँदै बिर्खेलाई अँगालो हाले र भने, ‘बिर्खे ! तँ मेरा लागि भगवान नै रहिछस् । तेरो रगतले मलाई मृत्युको मुखबाट बचायो । मलाई तैँले बाबु समान हेरचाह गरिस् । मलाई बचाउने तेरो रगत मेरो जीवन र मृत्युको साँघु भयो । म त्यही साँघुका कारण यमराजको हातबाट फर्केर पुनः मत्र्यलोकमा आउन सकेँ । बिर्खे धन्य छ तँलाई ।’

बाजे स्वस्थ भएपछि एकदिन बिहानै बाहुनबाहुनी बिर्खेको घर गए र आँगनबाट बोलाए । ‘बिर्खे ! हे फूलमाया ! के गर्दै छौ हँ ?’ कहिल्यै आप्mनो घरमा पाइला नटेक्ने बाहुनबाहुनीलाई आप्mनै आँगनमा देखेर बिर्खे र फुलमाया छक्क परे । उनीहरूले सिकुवामा गुन्द्री ओच्छ्याइदिँदै बस्न आग्रह गरे । गुन्द्रीमा चारैजना सँगै बसे । ‘तिमीहरूले हाम्रो आँखा खोलिदियौँ । कुनै पनि जात ठूलोसानो नहुने रहेछ । तिमीहरूले हामीलाई सेवा र सहयोग ग¥यौ हामी तिमीहरूलाई धन्यवाद दिन्छौँ । आजदेखि तिमीहरू हाम्रा छोराबुहारी भयौँ । हामीलाई अब हाम्रो सम्पत्तिको पनि के काम ? हामी हाम्रो सम्पत्ति तिमीहरूकै नाममा पास गरिदिन्छौँ । तिमीहरू हाम्रो रगतका साँघु हौ ।’ बाहुनका कुरा सुनेर कामीजोडी उनका आँखामा आप्mना आँखा जुधाइरहेका थिए ।