कलाकार फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युल” म्युजिक भिडियोको मलेसियामा शुभ मुहुर्त।

317

क्वालालम्पुर (मलेसिया ):= कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युल” म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्यरुपमा लन्चिङ गरिएको छ ।

बिदेश रहेका प्रेमि वा श्रीमानकी प्रमिका वा श्रीमती भोग्नु पर्ने पिडाहरुको कथामा बनाईएको गितको म्युजिक भिडियोमा फुर्बा दोर्जे मुक्तान, रोस्नि ब्लोन र कुइसाङ रुम्बाले अभिनय गरेका छन । यस गितको शब्द कुमार स्यांबसको, संगित निमा दोङको रहेको छ भने निमा दोङ र जितु लोप्चनले स्वर दिएका छन ।

यस म्युजिक भिडियोको रिलिज नेपालमा जनवरी १८ भएको थियो । यसै म्युजिक भिडियो सबै शुभचिन्तक र साथिहरु संग संगै बसेर मनोरञ्जन लिने उद्देश्यले लन्चिङ कार्यक्रम राखिएको फुर्बा दोर्जे मोक्तानले बताए ।

म्युजिक भिडियो अबलोकान पश्चात प्रतिकृया दिदै सबैले बधाई दिनुका साथै यो भिडियो नेपाली भाषामा पनि ल्याउन सुझाव दिएका थिए र नेपालीमा पनि यस भिडियोलाई ल्याउने मोक्तानले बाचा गरेका थिए ।