कोरोनाको कारण लकडाउनको असर देशैभरी/नेपाल-भारत सिमानाकामा सयौं नेपाली अलपत्र।

धनगढी:= नेपाल् सरकारले कोरोना भाइरस फैलिन नदिन आज मंगलबारबाट चैत १८ गते सम्म एक हप्ताको लागी देशभरी पूर्ण रुपमा लकडाउन गरेका छ्न ।

लकडाउनको प्रभाव देशैभरी परेको छ । कहिकतै फाट्टफुट्ट गाडी चलेपनी , मान्छे हिलडुल गरेपनी प्रायजसो नेपाली जनताले लकडाउनलाई पुर्ण रुपमा साथ दिईरहेका छ्न ।
सधैं ब्यस्त देखिने सडकहरु गाउँघर देखी लिएर शहर सम्म लकडाउनको कारण सुनसान देखिदैछ्न ।

यता लकडाउन गरिएकै अवस्थामा भारतको विभिन्न ठाउँबाट नेपाल आउने सयौँ नेपालीहरु गौरीफन्टा सीमानाका पुगेर अलपत्र परेका छन्।
उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् । सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ। अलपत्र परेकाहरु मध्य कसै कसैले प्रहरी माथी ढुङ्गामुढा समेत गर्ने कोसिस गरिरहेका छ्न। यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसंग समन्वय भईरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुगाउन पहल भईरहेको सञ्चारकर्मीलाई जानकारी गराए।

‘सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरुलाई अहिले सीमा क्षेत्रमै रोकेका छौं। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन सकेको छैन्। उनीहरुलाई गन्तव्य सम्म पुर्याउने पहल गरिरहेका छौ।’ सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसंग जिल्लागत विवरण मागेको छ।