कोरोनाले मृत्यु हुने बढेपछि मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर,लकडाउन अप्रिल १४ सम्म थप्यो/१६ जनाको मृत्यु।

क्वालालम्पुर ( मलेसिया ):= बिश्वब्यापी माहामारीको रुप लिएर तिब्रगतिमा फैइलिरहेको कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट मलेसियामा मृत्यु हुने मानिसको संख्या दिनप्रतिदिन थपिदै गैइरहेको छ ।

मलेसियामा कोरोना थप मानिसमा फैलिन नदिन मलेसिया सरकारले मार्च १८ तारिख देखी ३१ तारिखसम्म लागु गरेको लकडाउन ( मोभमेन्ट कन्ट्रोल अर्डर ) थप गरेका छ्न ।
आज बुधबार मलेसियाको प्रधानमन्त्री मुहमदिन यासीनले टेलिभिजन मार्फत लाईभमा आएर जनताको नाममा सम्बोधन गर्दै मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर , लकडाउन आगामी महिना अप्रिल १४ तारिख सम्मको लागी थप गरेको कुरा बताएका हुन।

प्रधानमन्त्री यासीनले बोल्दै भने कि ” कृपया मोभमेन्ट कन्ट्रोल अर्डर सबैले पालना गरिदिनुहोला , जो जहाँ हुनुहुन्छ उहीँ सुरक्षीत साथ बस्नुहोला , यदि कसैलाई कोरोनाको शँँका लागेमा नजिकैको स्वास्थ्यचौकी , अस्पतालमा गएर चेकजाँच गराउनुहुन अनुरोध गरे।मोभमेन्ट कन्ट्रोल अर्डर जनताको सुरक्षाको निम्ति नै लागु गरिएकोले कोहि नआतिनु हुन र सफा सुग्घर भैइ घरभित्रै बन्द कोठामा सुरक्षित साथ सभ्य नागरिक बनी बस्न पनि अनुरोध गरे।

मलेसिया स्थित स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको कारण अहिलेसम्म यहाँका विभिन्न राज्यहरु जस्तै सेलाङ्गर क्वालालम्पुरमा ३ जना , जोहोरबारुमा ३, सारावाकमा ५ , साबाहमा १ , केलान्तानमा १ ,पेनाङमा १ , पेरलिसमा १ , मालाकामा १ जना गरेर जम्म १६ जनाकाे मृत्यु भएकाे छ भने १७३० जना मानिस यसबाट संक्रमित रहेका छन।

मलेसियामा अन्य देशबाट आगमन पनि पुर्ण रुपमा बन्द गरिएकाे छ। यस्तै मलेसिया सरकारले संक्रमाण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध लगाएको छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा आर्मिहरुकाे प्रयोग गर्न सुरु गरिएको र सार्वजनिक यातायातमा समेत चेकजाँचलाई तिब्र पारिएको छ। पुलिस प्रशासनले माईकिङ गर्दै अत्यावश्यक काम बाहेक यताउता हिलडुल नगर्न,घरबाट बाहिर ननिस्किन र धेरै मानिसको समुह भेला नहुन माइक मार्फत सुचना बोल्दै सु-सुचित गरिरहेको छ , साथै अबदेखि सडकमा पुलिस प्रशासनले कडाईको साथ चेकजाँच गरिरहेकै छ्न भने आकाशबाट चेकजाँच गर्न ड्रोन क्यामराको सहायता लिने यहाँका उच्चअधिकारीको भनाईरहेको छ।

बैंक तथा बित्तीय संस्था बन्द रहेतापनि स्वास्थ्य,इमर्जेन्सी यातायात,खाद्यान्न लगायतको अतिआवश्यक सेवा प्रादायक निकाय भने खुला गरिएको छ।
लाखौंलाख बिदेशी कामदार कार्यरत रहेको देश मलेसियामा करिब ४ लाख भन्दा बढीको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न । तर अहिलेसम्म कोरोनाको कारण बिदेशी नागरिकको ज्यान नगएको र नेपाली कामदारहरु समेत सुरक्षीत रहेको अवस्था छ।