कोरोना भाइरसको कारण मलेसियामा १४ जनाको मृत्यु/कोरोना संक्रमित झन थपियो।

क्वालालम्पुर ( मलेसिया ):= बिश्वब्यापी माहामारीको रुप लिएर तिब्रगतिमा फैइलिरहेको  कोरोना भाईरस (काेभिड-१९)को संक्रमणबाट मलेसियामा १४ जना स्थानीय नागरिकको मृत्यु भएको छ ।

मलेसिया स्थित स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको कारण अहिलेसम्म यहाँका विभिन्न राज्यमा १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना मानिस यसबाट संक्रमित रहेका छन । मलेसियन स्वास्थ्य मन्त्रालयका निर्देशक जनरल डाक्टर नुर हिशन अब्दुलहले समाजिक संजाल मार्फत जारि गरेकाे नियमित प्रेस बिज्ञप्तिमा उल्लेख गरिए अनुसार मलेसियामा पहिलाको १३४५ जनाको संख्यामा थप नयाँ २ सय १२ जना मानिस संक्रमित रहेको थपिएको छ । अहिलेसम्म संक्रमितको  संख्या जम्मा १५ सय १८ पुगेकाे जनाइएको छ।

कोरोनाको संक्रमण लागेर उपचार गराउन अस्पताल भर्ना भएकोहरु मध्य १५९ जना निको भएर घर फर्कीसकेको बताईएको छ भने ५७ जना बिरामीलाई आईसियुमा राखेर उपचार गरिराखेको बताईएको छ ।

मलेसियामा अन्य देशबाट आगमन पनि पुर्ण रुपमा बन्द गरिएकाे छ। मलेसिया सरकारले संक्रमण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध लगाएको छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा आर्मिहरुकाे प्रयोग गर्न सुरु गरिएको र सार्वजनिक यातायातमा समेत चेकजाँचलाई तिब्र पारिएको छ। पुलिस प्रशासनले माईकिङ गर्दै अत्यावश्यक काम बाहेक यताउता हिलडुल नगर्न,घरबाट बाहिर ननिस्किन र धेरै मानिसको समुह भेला नहुन माइक मार्फत सुचना बोल्दै सु-सुचित गरिरहेको छ ।

लाखौंलाख बिदेशी कामदार कार्यरत रहेको देश मलेसियामा करिब ४ लाख भन्दा बढीको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न । तर अहिलेसम्म कोरोनाको कारण बिदेशी नागरिकको ज्यान नगएको र नेपाली कामदारहरु समेत सुरक्षीत रहेको अवस्था छ ।