कोरोना भाइरसबाट विश्वभरी मृत्यु हुनेको संख्या झन्डै १९ हजार पुग्यो/४ लाख बढी संक्रमित।

एजेन्सी:= विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ ।

४ लाख २० हजार ८ सय २९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । यो भाइरसबाट १९२ राष्ट्र प्रभावित भएका छन्। संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएर युरोपमा समेत आक्रामक रुपमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै इटलीका मानिसको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ।

इरानमा १ हजार ९ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८ सय ११ जना संक्रमित छन् । स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ हजार २ पुगेको छ । जर्मनीमा १ सय ५९ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ९१ जना संक्रमित छन् ।
अमेरिकामा ७ सय ५ जनाको मृत्यु भएको छ भने ५३ हजार ७ सय ९४ जना संक्रमित छन् । फ्रान्समा एक हजार एक सय जनाको मृत्यु भएको छ ।

२३ हजार ३ सय ४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण एक सय २० जनाको मृत्यु भएको छ भने ९ हजार ३७ संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० र संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । यस्तै पाकिस्तानमा ७ जनाको मृत्यु र ९ सय ७२ जना संक्रमित भएका छन् ।

नेपालमा केही मानिसमा संक्रमण देखिएपनी कोरोना भाइरस लागेर अहिलेसम्म कुनै पनि नेपालीको ज्यान गएको छैन तर पछिल्लो समय नेपाल भन्दा बाहिर देश बस्ने दुई जना नेपालीको कोरोनाको कारणले मृत्यु भैइसकेको छ । लण्डनमा बसोबास गरिरहेका पुर्व गोर्खा सैनिक लिला बहादुर राई को मृत्यु भएको हो भने अमेरिकामा बसोबास गर्दै आईरहेका ब्यवसायी रमेश ( अनिल सुब्बा ) लिम्बुको कोरोना लागेर निधन भएको छ।