कोरोना संक्रमितको उपचारमा खटिएकी नर्स आफैं संक्रमित/भाइरस अरुमा सर्न नदिन आत्महत्या।

एजेन्सी := कोरोनाभाइरस संक्रमितहरुको उपचारमा खटिएकी एक नर्स आफै संक्रमित भएपछि संक्रमण अरुमा नफैलियोस् भनेर आत्महत्या गरि आफ्नै प्राण त्याग गरेकी छिन् ।

इटलीकी ३४ वर्षीया नर्स ड्यानिएला ट्रेजी कोरोनाभाइरस संक्रमितको उपचारको लागि ‘फ्रन्टलाइनमा खटिएकी थिइन् । उनको परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनी आफूले अरुलाई संक्रमित गरिसकेको हुन सक्ने र पछि पनि संक्रमित गर्न सक्ने कुराले आत्तिएकी रिपोर्टमा उल्लेख गरिएको छ।

डेली मेलले समाचारमा उल्लेख गरे अनुसार संक्रमण पोजेटिभ देखिएपछि ड्यानिएला आफूले उपचारको क्रममा संक्रमण फैलाएको हुन सक्ने आशंकाले तनावमा थिएन् । इटलीमा अत्याधिक संक्रमित लोम्बार्डी क्षेत्रको मोन्जामा रहेको सान गेरार्डो हस्पिटलमा उनी कार्यरत थिइन् ।

उनी संक्रमित भएको पुष्टि हुनु अघि अस्पतालको आइसीयूमा तैनाथ थिइन् । इटलीको राष्ट्रिय नर्स महासंघको उनको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ ।