कोरोना संक्रमित युवतीसंगै नेपाल फर्केका १२५ जना यात्रुको ठेगाना पत्ता लाग्यो।

काठमाडौं:= नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी फ्रान्समा पढ्दै गरेकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले देशका विभिन्न भागमा रहेका ती मानीसहरुलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरिसकेको जनाइएको छ। चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ। बैदेशिक रोजगार वा अन्य कामकाजको सिलसिलामा चैत्र ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक भएको हो । ( नागरिक बहसबाट )
तलको फोटोमा हेर्नुहोस ती मानिसहरुको नमावली सहित :