गायक अजिप राईको बाटो कतै माड्छौ भने’ गीतको म्यूजिक भिडियो सार्वजनिक ।

1555

नेपाली सांगीतीक आकाशमा उदाउँदो अनुहार अजिप राईको स्वरमा रहेको ‘बाटो कतै माड्छौ भने’ भन्ने गीतको म्यूजिक भिडियो यूट्यूव च्यानल पूर्वी टिभी मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा अमित राई र उमा सम्बाहाम्फेले अभिनय गरेका छन् भने डाइरेक्सन पनि स्वयम अमित राईको रहेको छ ।

उक्त भिडियो सम्योगजंग विस्टले खिचेका थिए भने हसिना सिमसार लगायतका ठाउँमा छायांकन सम्पन भएको थियो । सो गीत भानु सुनुवारले लेखेका हुन भने संगीत मनोज साङ्सोन राईले गरेका थिए ।

उक्त भिडियोको अन्तिम क्लाइमेक्समा केटी फेरि लागुपदार्थ सेवन गर्न आँटेकी हुन्छ । केटा हत्प्रभ पुगेर त्यो फ्याकी दिन्छ र पोइजन लेखेको बोतल देखाउँदै खान खोज्छ तर केटीले त्यो बोतल फ्याकी दिन्छे र कस्सेर अँगालो मार्छे । अन्त्यमा मिलनमा गीत सकिन्छ । केटा र केटी दुवैको आँखाबाट हर्षका आँसुहरु खस्छन् । गीत सकिन्छ ।