गैर-आवासीय नेपाली संघ मलेसियाको छैटौं अधिवेशन सेप्टेम्बरमा हुने।

2362

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

गैर आवासीय नेपाली संघ मलेसियाको गत शनिवार खगेन्द्र न्यौपानको अध्यक्षतामा बसेको वैठकले ०१ सेप्टेम्वर २०१९ आईतवारको दिन छैटौं अधिवेशन गर्ने निर्णय गरेको छ ।

संघले गत अप्रीप १४ देखि २५ जुलाई सम्मका लागि नयाँ सदस्यता चाहाने इच्छुक सबैलाइ आबेदन खुल्ल्ला गरेको थियो । संघले अन्तराष्ट्रिय परिषदको ग्लोबल मिस म्यानेजमेन्ट अफ इन्फर्मेसन सिस्टममा रहि नयाँ सदस्यता लिनुपर्ने र सदस्यता सुल्क ५० रिङ्गेट लाग्ने उल्लेख गराउदै प्रेस बिज्ञपति समेत जारि गरेको थियो । अधिवशेन अगावै २७ जुलाई २०१९ शनिवार ५ वजे सम्म एनआरएनए मलेसियाको पंजिकृत सदस्य नविकरण तथा नयाँ सदस्यता लिने अन्तिम समय तोकगरि अधिबेशनको तिब्र तयारी थालेको छ।

वैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कवुल गरिएको रकम २७ जुलाई २०१९ सम्म उठाउँने निर्णय समेत गरेको छ ।

गैर आवासीय नेपाली संघ मलेसिया केही समय एता प्राकृतिक बिपती , समाज मा भैपरी आएका समस्याहरुमा समेत सारथि बनिरहेको छ । गत चैत्र १७ मा प्रदेश नम्वर २ को वारा र पर्सा जिल्लामा चलेको बिनासकारी हावा हुरी बाटा ३० जना भन्दा बढीको मृत्यु र सयौं घाईते भइ ठुलो जनधनको क्षति भएको थियो उक्त क्षेत्रमा गैर आवासीय नेपाली संघ मलेसियाले रु १००००० (एक लाख रुपिया) सहयोग प्रदान गरिएको थियो । संघ मलेसियाले पाँचथर मिक्लाजुङ –३ मा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको लागि पुनः रु १,०००००
(एक लाख रुपिया) सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।