झुम्काको एक पसलबाट अखाद्य पदार्थ बिक्री/म्याद सकिएको बिस्कुटको प्याकेटबाट किरै किरा भेटियो।

347

सुनिल चौधरी,,

झुम्का:= झुम्काको एक पसलबाट अखाद्य बस्तु बिक्री गरेको पाइएको छ । उपभोक्ताले बिस्कुट किनेर खान खोज्दा म्याद गुज्रेको अखाद्य बस्तु भेटिएको हो ।

नानीकोलागी बिस्कुट खरिदगरी प्याकेट खोल्दा बिस्कुटमा किरा र किराको अण्डा भेटिएको छ । फुलपारिएको अवस्थामा पुतली समेत सो बिस्कुट भित्र रहेको पाइएको छ । एशियन बिस्कुट एण्ड कनफेक्सनरी प्रा.लि.बाट उत्पादित “फन सेन्टर ओरेन्ज क्रिम बिस्कुट” किनेर खान खोज्दा कुहिएको भेटिएको हो । वडा नं. ५ निवासी सुनिल पोख्रेलले सो बिस्कुट ३ वटा खरिदगरी नानीलाई दिएको थियो । सो वडामै झुम्का स्थित रहेको पसलबाट सुक्रवार खरिद गरेको बिस्कुट नानीलाई खुवाउन प्याकेट खोल्दा बिस्कुट खान योग्य नरहेको पोख्रेलले आफु थाहा पाएको जानकारी दिए ।

एशियन बिस्कुट एण्ड कनफेक्सनरी प्रा.लि.ले सन् २०१८÷११÷२२ मा उत्पादन गरिएको देखिन्छ । जस्को उपभोग गर्न ९ महिना सम्म मिल्लने लेखिएको छ । सन् २०१९ अगस्त २२ मै म्याद नाघिसकेको भएपनि हाल सन् २०२० जनवरी भईसक्दा पनि सो पसलेले बिक्रीकालागी राखेका हुन् । यसकालागी बिस्कुटको प्याकेटमा राखिएको फोन नं.०२५,५४०३२३ मा फोन गरेर उत्पादकसंग बुझ खोज्दा आज कार्यालयमा कोही नभएको भन्दै फोन काटिएको छ । कम्पनिलाईनै बदनाम गर्नेगरी म्याद गुज्रिएको बिक्री गरेको पाइए के प्रतिकृया हुनसक्छन् भन्ने हामिले बुझ्न खोजेका थियौ । सो कम्पनिले उत्पादन गरिरहेको खाद्ययान सामाग्री बालबालिका सहित आम नागरीकहरु समेत उपभोग गर्ने भएकोले शनिवार भएपनि चासोका साथ लिनु पर्ने थियो ।

गुडलाईफ समेत लेखिएको बिस्कुट खाएको भए ब्याड लाईफमा परिनत हुने थियो भन्दै उत्पादककर्ता देखि लिएर बिक्री कर्ताहरुले ध्यान दिनु पर्ने सुनिल पोख्रेलले सुझाव दिएका छन् । यति मात्रै हैन उपभोक्ता समेत सचेत रहनु पर्ने सुझाव दिदै स्थानिय सरकारबाट बजार नियमित अनुगमन हुनुपर्ने बताए । बजार अनुगमनको अभावले उपभोक्ताको हक सुक्षित हुन नसकेको युवा नेता पुष्प कार्कीको भनाई रहेको छ । उपभोक्ताको स्वस्थय संग खेलवाड भएको हो कार्कीले भने यसको संरक्षण गर्नु पर्ने स्थानिय सरकारको भएपनि चासो नदिनु कमिकमजोरी भएको बताए । नगरपालिकाले बालबालिकामैत्रि नगर योजना ल्याईरहदा बालबालिकालेनै उपभोग गर्नेे बस्तुमा गुणस्तरहिन भेटिदा योजनामा नगरपालिकाले फजुल खर्च मात्र गर्ने गरेको दाबी गर्छन् कार्कीले ।

संबैधानिक मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक रहने अधिकार दिएको छ । मौलिक हक र कर्तब्य अन्तर्गत धारा ४४ मा उपभोक्ताको हक अधिकारका बारेमा उल्लेख भएपनि स्थानिय तहले कार्यान्वयन गर्न सकेको छैन् । गुनस्तरहिन बस्तु वा सेवा दिने कर्तालाई उपभोक्ता संरक्षण ऐन अनुसार कसुर सजाय ब्यवस्था रहदा रहदै स्थानिय सरकारले उपभोक्ता स्वस्थय प्रति ध्यानकेन्द्रित गर्न सकेको छैन् । उपभोक्ता संरक्षण ऐन २०७५ ले निर्धारित मापदण्ड विपरीत वस्तु वा सेवाको बिक्री वितरण गरेमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने छ । बिक्री गर्ने पसलको नाम गोप्य राख्नु पर्ने भएकोले गोप्य राख्दै आवश्यक परे सम्बन्धित पक्षलाई जिम्मेवारी लगाईने छ । र भेटिएको अखाद्य बस्तु रामधुनी खबर साप्ताहिक संग यथा स्थितीमै रहेको छ ।