टोखामा गोली चल्यो–लुटपाट अभियोग लागेका ‘काले’पक्राउ

1872

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका एक व्यक्तिलाई काठमाडौंको टोखामा गोली हानी नियन्त्रणमा लिइएको छ । प्रहरीको खोजी सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई अपराध महाशाखाको टोलीले गोली हानी नियन्त्रणमा लिएको हो । 

 चोरी, डकैती गरेको आरोपमा पाँचभन्दा बढी उजुरी परेका विष्णु तामाङ (काले)लाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउनु परेको हो । लामो समयको अनुसन्धान पछि टोलीले उनलाई टोखामा भेटेको थियो । भेटेपछि नियन्त्रणमा लिने प्रयास गर्दा उनले हतियार फर्काउदै भागेपछि प्रहरीले गोली चलाउनु परेको प्रहरीको दावी छ ।

तामाङ यसअघि पनि चोरी मुद्धामा छ बर्ष जेल परेका थिए । उनी २०७२ मा मात्रै जेलबाट छुटेको प्रहरीले जनाएको छ । तर फेरी उनलाई लुटपाटको आरोप लागेको छ ।

उनीबिरुद्ध पूर्व एआइजी जय बहादुर चन्द र पूर्व डिआइजी विश्वराज शाहीको घरमा लुटपाट गरेको आरोप लागेको थियो । स

 दायाँ खुट्टामा गोली लागेर ढलेका तामाङको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ । तामाङ सिन्धुपाल्चोक मेलम्चीका स्थायी बासिन्दा हुन् ।