डव्लुआरपी कम्पनीले नेपाली कामदारलाई जम्मा ५ सय रिङ्गिट दियो तलव।

299

क्वालालम्पुर (मलेशियामा ):= डव्लुआरपी( ग्लोव उत्पादक कम्पनी) ले कम्पनीमा कार्यरत श्रमिकलाई लाखौं रकम तिर्न बाँकी रहेको पारीक्ष्रमिक मध्यको केहि रकम शुक्रवार सुरक्षा गार्ड राखेर केहि मात्रै श्रमिकलाई जम्मा ५ सय रिंगिटका दरले उपलव्ध गराएको छ ।

श्रमिकलार्ई दिनुपर्ने तलव समेत बाँकी राख्दै आएको सो कम्पनीको बदमासी केही समय अगाडी देखि नै राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया लगायत समाजिक संजालमा सार्वजनिक भएसँगै अमेरिकाले सो कम्पनीले उत्पादन गर्दै आएको ग्लोवमा प्रतिवन्ध लगाएपछि कम्पनीलाई आर्थिक संकटको भार खेपिरहेको छ। व्यवस्थापन नराम्रो गरेको भन्दै कम्पनीका मुख्य कार्यकारी अधिकृतलाई यसअघि नै कामबाट बर्खास्त गरिसकिएको छ ।

शुक्रवार बाँकी रकम पाइने आशमा सयौं श्रमिक दिनभरी कम्पनी परिसरमा भेला भएका थिए । तर त्यसरी भेला भएकाहरुलाई सवैलाई शुक्रवार नै रकम दिन नसक्ने भन्दै कम्पनीले केहि व्यक्तिलार्ई जनही ५ सय रिंगिट उपलव्ध गराएको थियो । बाँकीलाई सोमवार र मंगलवार रकम उपलव्ध गराउने बताएको सो कम्पनीमा कार्यरत नेपालीहरुसँग नियमित रुपमा सम्पर्कमा रहेका रमेश कुमार चौधरीले बताएका छन् । उनका अनुसार शुक्रवार केवल ७/८ जना नेपालीले मात्र रकम पाएका छन् । अन्यलाई सोमवार रकम दिने भनिएको छ ।

सो कम्पनीले नेपाली लगायतका कामदारलाई भिसा नथपि नेपाल फर्काउन थालिसकेको छ । यसअगाडी नै १४ जना नेपाली नेपाल फर्किसकेका छन् भनें अन्य ४३ जनालाई दुईतीन दिन भित्रमा नेपाल फर्काउने गरी तयारी भैईरहेको छ ।तर कम्पनीका प्रतिनिधिहरुले भनें आगामी सोमवार कम्पनी पुरै बन्द हुने वा सञ्चालन हुने निर्णय हुने भन्दै सो दिनसम्म पर्खिन आग्रह गरेको सोहि कम्पनीमा कार्यरत भूमिराम थारुले बताएका छन्।
कम्पनीले ५ सय रिंगिटका दरले मात्र रकम उपलव्ध गराउन थालेपछि आफूहरुले पाउनुपर्ने सवै रकम दिन भन्दै श्रमिक पुनः धर्ना बसेका थिए ।
सो कम्पनीमा नेपाल,बाङ्गलादेश,इन्डोनेशिया लगायतको विभिन्न देशको कामदारहरु कार्यरत रहेको बताइएको छ ।