तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरिएको नेपाली चलचित्र ‘मारूनी’ जापानमा

251

काठमाडौं ।  नेपाली चलचित्र ‘मारुनी’ जापानमा प्रदर्शनमा आउने भएको छ । नवल नेपालद्वारा निर्दे्शित चलचित्र ‘मारूनी’ले अब आफ्नो  विदेश प्रदर्शनी जापानबाट सुरु गर्ने भएको हो ।

 यही नोभेम्बर ३० तारिकमा जापानमा चलचित्रको शो गरिने निर्मात्री पुनम गौतमले जानकारी दिइन् । उनले भनिन्, ‘३० तारिकमा जापानको नागोयामा चलचित्र प्रदर्शन गर्नेछौँ ।

 डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा पनि चलचित्र प्रदर्शन गर्नेछौँ ।’ 

चलचित्र प्रदर्शनको लागि निर्माता पूनमसँगै नायक पुष्प खड्का पनि जापान जाने बताइएको छ । 

जापान रिलिजपछि चलचित्र अष्ट्रेलिया, अमेरिका, लण्डनलगायत देशहरुमा चलचित्रको प्रदर्शन पक्का भइसकेको छ ।

तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको यस चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ ।