दाङका सान्तिनगर गाउँपालिका ६ का गोबिन्द रोकाको मलेसियामा निधन शव नेपाल फिर्ता लगिदै।

229

तिलोचन गौतम

जोहोरबारु मलेसिया ग्रीन लुक म्यानेज्मेण्ट नामक सप्लायर कम्पनीमा बिगत ४ बर्ष देखि क्लाङ्तन कोताबारु स्थित तेस्को सुपरमार्केटमा काम गर्दै आएका दाङ सान्तिनगर गाउँपालिका ६ का गोबिन्द रोकाको मलेसियामा मृत्यु भएको छ। काम सकाएर कोठा फर्कीएर खाना बनाउन लाग्दा अचानक बेहोस भै ढलेका गोबिन्द बिगत ४५ दिन बाट केलाङ्तन स्थित कोताकिनाबारुको हस्पिको सैयामा थिए । नेपाली राजदुतावास मलेसियाले स्वदेश फर्काउन थुप्रै प्रयास गरेको भएतापनि बिरामी नेपाल लैजान सक्ने बिरामिको स्थिति नभएकाले राजदुतावास मलेसियाले कम्पनीलाई राम्रोसँग उपचार गराउन आदेश दिएको दूतावास श्रोतले जनायो।

कम्पनीले बिरामीको सम्हार सुसार गर्न नेपाल नाट भिजिट भिजा लगाएर मृतक का काका मनिराम बुडाथोकिलाइ मलेसिया समेत बोलएको थियोे । बुढाथोकी नेपाल बाट त आए बिरामी नत बोल्नै सक्छ न त होस मा छ नेपाल बाट आएको १२औ दिन सम्म हस्पिटलमा बिरामी कुरेर बसेका काका बुढाथोकीका अनुसार सव लाई अन्तिम दाहसंस्कार को लागि कम्पनिले १० तारिख बिहान सव स्वदेश फर्काउने भएको बताए । बुढाथोकीका अनुसार परिवारमा बुबा आमा मात्रै रहेको र उनी एक्लो छोरा रहेको र मृतक गोबिन्द अबिबाहित रहेको बताए