दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता

काठमाडौं । नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रभावकारी विकास सहयोग परिचालनमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । प्रभावकारी विकास सहयोगका लागि विश्वव्यापी साझेदारी (जिपिइडिसी)को उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा बंगलादेशसँगको साझेदारीमा नेपालले हालै अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको छलफलमा यस्तो प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रभावकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले उक्त बैठकमा विकासका निम्ति बाहृय मुलुकबाटबाट प्राप्त सहायता र सहायता परिचालनबारे नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । अर्थ मन्त्रालयका अनुसार आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसंघले निर्धारण गरेका महत्वाकाक्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएकाले नेपालले एशिया–प्रशान्त क्षेत्रका नीति निर्माता र उच्च सरकारी अधिकारीसँग छलफल गरेको हो । 

दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघको राजनीतिक मञ्च जिपिइडिसीमा एशिया–प्रशान्त क्षेत्रका विकासका समस्या तथा तिनको समाधानका लागि सम्बन्धित मुलुकले गरेका प्रयत्न, तथ्य र प्रमाणमा आधारित विषयका साथै सुझाब प्रस्तुत भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त बैठकमा अर्थ डा. सचिव राजन खनालले दिगो विकासका लक्ष्य हासिल गर्न स्रोत र साधनको अधिकतम एवं विवेकपूर्ण उपयोगमा जोड दिँदै विकास सहायताको प्रभावकारिता र गुणस्तरको अनुगमन पनि उत्तिकै आवश्यक भएको विचार बैठकमा व्यक्त गरेका थिए । राष्ट्र विकासको यज्ञमा आन्तरिक, बाहृय, निजी तथा सार्वजनिक वित्तको प्रभावकारी परिचालन र प्रभावकारी विकास सहायताको सुनिश्चितताका लागि नेपालले प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । 

बैठकमा बंगलादेशका साथै म्यान्मा, फिलिपिन्स, कम्बोडिया, इण्डोनेसिया, जापान तथा एशिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अधिकारीका साथै विकासका साझेदार, दातृ निकाय, सांसद, नागरिक समाज र निजी क्षेत्रको सहभागिता रहेको थियो ।

राजस्व छलीको सूचना दिए पुरस्कार

राजस्व अनुसन्धान विभागले अनुुसन्धानलाई तीव्रता दिएको छ । विभागले राजस्व छलीसम्बन्धी सूचना दिनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । सूचनाको सत्यता परीक्षणपछिा अदालतबाट हुने फैसला अनुसार पुरस्कृत पुरस्कृत गरिने विभागले जनाएको छ । 

घर, छिमेक, टोल, समुदाय कही कतै अवैधरूपमा व्यापारिक माल वस्तुको ओसारपसार गरेको, नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने कर रकम नबुझाई वा कम बुझाई वा गलत अभिलेख तयार गरी कर छली गरेको वा विदेशी विनिमय अपचलनसम्बन्धी कसूर गरेको वा आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, भन्सार महसुल वा गैरकर छलिसम्बन्धी कसुर गरी राजस्व चुहावट गरेको पाइएमा लिखित वा मौखिकरूपमा विभाग वा अन्तर्गतका राजस्व अनुसन्धान कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । 

प्राप्त सूचनाले समृद्ध नेपाल, सुखी नेपालीको महान अभियान सफल बनाउनमा महŒवपूर्ण योगदान पु¥याउने विभागको भनाइ छ ।