“दिवाना दिवाना” बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक (भिडियो सहित लिङ्क क्लिक गरि हेर्नुस्)।

कपिलवस्तु := थारु समुदायका चर्चित ख्यातीप्राप्त सुपरस्टार गायक,गायिका श्री निवास थारु र अनु चौधरीको स्वरमा सजिएको ( most awaited ) दर्शकको पर्खाइमा रहेको “दिवाना दिवाना” गितको म्युजिक भिडियो मुकुन्द जिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

भिडियो निस्किनु भन्दा पहिलानै यस् गितको अडियो सुपरहिट साबित भैईसकेका छ्न ।
सुधराम दहितको निर्देशन रहेको , महेश चौधरीले छायांकन तथा सम्पादन गरेको यस् गितको म्युजिक भिडियोमा कलाकार मुकुन्द जिसि,रितु चौधरीको मुख्य अभिनय देख्न सकिन्छ भने भिडियोको अन्त्य अन्त्यमा हेमन्त महतोले समेत अभिनय गरेको देख्न सकिन्छ।

सुकदेव चौधरीको शब्द रहेको यस् गितको अडियोमा गणेश चौधरी,प्रकाश केसीले संगीत भरेका छ्न । भिडियोमा सुमित्रा चौधरी,हरिश खत्रीले श्रीङ्गार भरेका छ्न , अडियोको निर्माता सुकदेव चौधरी हुन भने भिडियोको निर्माता चाहिँ स्वयम कलाकार मुकुन्द जिसिनै हुन ।
गायक श्री निवासले लगातार एक पछि अर्को सुपरहिट गितहरु गाएर दर्शक क्ष्रोताहरुको मन जितिरहेका छ्न ।

तलको भिडियो लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस :