नमस्कार गर्न प्रियंकाको आग्रह

मुम्बई । बलिउड कलाकारले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न हात मलाउन बन्द गर्न आग्रह गरेका छन् । केही समयअघि अभिनेता सलमान खानले हात मिलाउनुको सट्टा नमस्कार गर्न आग्रह गरेका थिए । यसैबीच अभिनेत्री प्रियंका चोपडाले पनि नमस्कार गरेर भाइरसको संक्रमणबाट बच्न आग्रह गरेकी छन् । 

इन्स्टाग्राम अकाउन्टमा नमस्कार गरेको तस्वीर सेयरल गर्दै प्रियंकाले नमस्कार गर्ने बानी बसाल्न भनेकी हुन् । उनले लेखेकी छन्, ‘यो नमस्ते गर्ने बारेमा हो । विश्वभर भइरहेको परिवर्तनमा अभिवादन गर्ने यो एक प्राचीन र नयाँ तरिका हो । कृपया सबैजना सुरक्षित रहौं ।’