नायिका ओल्गा कोरोना संक्रमण

एजेन्सी । विश्वभर कोरोना भाइरसले त्रास फैलाइरहेको बेला थुप्रै कलाकार पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भइरहेका छन् । यसैबीच हलिउडकी अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । जेम्स बाण्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ की ४० वर्षीया ओल्गालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएपछि आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएकी छन् ।

उनलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुनेजस्ता लक्षण देखिएका थिए । त्यसपछि उनले कोरोनाभाइरस परीक्षण गराएकी थिइन् । परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ देखाएपछि आफू कोठाबाट बाहिर ननिस्कएको जानकारी गराएकी छन् ।