नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा आसिमा तामाङलाई आर्थिक सहयोग

749

नुवाकोट धादिङ रसुवा समाज कुवेत द्वारा ब्लड क्यान्सर पीडित आसिमा तामाङलाई  रु, ३७,५६०/- आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

कुवेतमा सहकृय रहेका एक सामाजिक संस्था नुवाकोट धादिङ रसुवा समाज कुवेतले नुवाकोट धादिङ रसुवाका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापित संस्थाले आफ्नो प्रथम वार्षिक उत्सव बाट संकलित रकम क्यान्सर पीडित आसिमा तामाङ लाई केहि राहत होस् भन्ने हेतुले सहयोग गरेको   समाजसेवी तथा संस्थाका अध्यक्ष राकेश मानाङ्थेन् ले  जानकारी गराएको पिटि अनलाइन न्युजमा खबर छ ।

कुवेतमा कार्यरत नेपालीहरुबाट संकलित गरिएको रकम गत हप्ता बुधबार नेपाल पठाएको थियो।    समाजले स्थापना कालदेखि नै विभिन्न काल खण्डमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यसैलाई निरन्तरता दिने क्रममा क्यान्सर पीडित  तामाङलाई सहयोग गरेको सस्थाका अध्यक्ष मानाङ्थेनले जानकारी दिए ।  बिगत लामो समय देखी कान्ति बाल अस्पतालमा उनको उपचार हुँदै आएको छ ।  नुवाकोट किस्पाङ  गाउँपालिका की  आसिमा तामाङ विभिन्न संघसंस्थाको आर्थिकमा उपचारक्रममा छिन् ।

संस्थामा आबद्ध रहेका सदस्यहरु बाट संकलित  ७५.२५०/-  केडि संस्था  बाट २५ /- केडि गरि  कुवेती डिनर जम्मा १००.२५०/-  तामाङ आवाजका प्रबन्धक निर्देशक राज डिम्डुङ लगायत तामाङ आवाज टिमको रोहवरमा  हस्तान्तरण गरिएको थियो ।
साथै समाजका अध्यक्ष तामाङले सम्पुर्ण सहयोगी मनहरु प्रती धन्यवाद व्यक्त गरेको छ ।पीडितका बुवा सुर्य तामाङले सम्पुर्ण सहयोगी मनहरु प्रति आभार व्यक्त गर्दै, सहयोग गर्न चाहनु हुने दिदिबहिनी दाजुभाई हरुले सकेको सहयोग गरि आफ्नो कलिलो उमेरमा जिबन मृत्यु संग लडी रहेकी छोरीको जिवन बचाई नयाँ जिवन दान दिन सहयोगको लागि हार्दिक अनुरोध गरे।
पीडितको बुबाको सम्पर्क नंम्बर- ९८१०१७८८०८
खाता वालाको नाम : सुर्य बहादुर तामाङ्  खाता नंम्बर  –A 907010003053 ग्लोबल आई.एम.ई बैंक लि.