नेप्सेमा ४३ अंकको वृद्धि

65

काठमाडौं । शेयर बजारमा विगत एक वर्षयता आइतबार नेप्से सबैभन्दा बढी वृद्धि भएको छ । नेप्से करिब ४३ अंकले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.६१ अंकले बढेर १२५५.७२ मा पुगेर रोकिएको थियो भने सेन्सेटिभ परिसूचकसमेत ८.४७ अंकले बढेर २७२.७३ मा पुगेको थियो । नेप्सेका अनुसार कुल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ मूल्यमा खरिद बिक्री भएका थिए । कारोबार भएका कुल १२ उपसमूहकै शेयरमा भारी वृद्धि भएको नेप्सेले जनाएको छ । बैकिङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैकं ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बीमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.०२, जीवन बीमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको हो । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको थियो । उक्त कम्पनीको ५ करोड ८८ लाख १९ हजार बराबरको कारोबार भएको थियो भने गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६३ लाख ५६ हजार ५ सय ४, एनआएसी एसियाको ४ करोड ७ लाख ८१ हजार १ सय १०, शिवम् सिमेण्टको ३ करोड ९८ लाख २४ हजार १ सय ४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको तीन करोड ७६ लाख २७ हजार २ सय ९१, फष्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको ३ करोड ७४ लाख ५ हजार २ सय ५७, नेपाल बैंकको ३ करोड ३ लाख ५३ हजार ४ सय ८९ र प्रभु बैंकको २ करोड ९१ लाख ३८ हजार १ सय २५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले र स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन् भने एसियन लाइफ इन्स्योरेन्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.७ प्रतिशतले कमाए ।