‘पुरुष हिंसा कसैले देख्दैनन्’

हाम्रो दिमागमा महिला हिंसा भन्नेबित्तिकै एक असहाय, कमजोर महिलामाथि गरिएको कुटपिट, दुव्र्यवहारजस्ता कुरा आउँछन् । महिला तथा मानवाधिकारकर्मीले पनि महिला हिंसाको विषयमा वर्षाैंदेखि धेरै वकालत गर्दै आएका छन् । 

कमजोर महिलामात्र हुँदैनन्, पुरुष पनि हुन्छन् । अहिले महिलालाई सजिलो छ आफूमाथि भइरहेको दुव्र्यवहार अरूलाई सुनाउन । कुनै पुरुष महिलाभन्दा कैयौं गुणा पीडित हुन्छन् । आफूमाथि भएको दुव्र्यवहार अरूसँग व्यक्त गर्न सक्दैनन् । 

महिला हिंसाको मूल पाटो घरेलु हिंसा हो भन्ने हाम्रो बुझाइ छ । हामी महिला हिंसा भनेर पुरुषले महिलामाथि घरभित्र गरिरहेको दाइजोको कारण यातना, शारीरिक, कुटपिटजस्ता विभिन्न हिंसालाई सम्झने गर्छांै । 

पछिल्लो समय हिंसामा परेको भन्दै उजुरी दिन गएका महिला नै पीडक हुने गरेको पाइन्छ । बढीभन्दा बढी महिलालाई स्वतन्त्र बनाएकाले पनि महिलाहरूले मौका पाउने भएकाले यसरी आफँै हिंसा गरिरहेको पाइन्छ । घरेलु हिंसालाई हेर्ने हो भने झनै बढी महिलाहरूले पुरुषमाथि हैकम जमाउने गरेको पाइन्छ । कार्यालय र घर दुवै महिलाले नै सम्हाल्ने भएकाले पनि महिलाहरूमा बढी नै आँट हुने गरेको कतिपय बुद्धिजीवीहरूको तर्क गर्छन् ।

तर, हामी कहिल्यै परुषमाथि पनि हिंसा हुन्छ भनेर सोच्दैनौँ । पुरुषहरू पनि घरेलु हिंसामा परेका हुन्छन् । पुरुष हिंसा शब्द सुन्दामात्रै पनि मानिसहरू हाँस्ने, गिज्याउने गर्छन् । त्यसैले पनि पुरुष हिंसाको विषयमा आम मानिसलाई अहिलेसम्म जानकारी नै छैन । यस विषयमा थोरैलाई थाहा छ ।

सामान्य कुरालाई ठूलो घटना बनाएर आफैँ हिंसा गर्ने र पीडित भएको नाटक गरेर उजुरी दिन जाने गरेको कुरा कतिपय हिंसामा परेका नाम खुलाउन नमान्ने पुरुषहरूको भनाइ छ । राजधानीमै भेटिएका नाम खुलाउन नचाहने एक पुरुष आफू हिंसापीडित भएको बताउँछन् । सबैको नजरमा खिसीको पात्र बनिन्छ भन्ने डरले उनले हालसम्म आफ्ना श्रीमती र सासूले गर्दै आएको दुव्र्यवहार सहँदै आएका छन् । 

हाम्रो नेपाली समाजमा कुनै एकजना पुरुषले आफूमाथि भएको हिंसा कसैलाई सुनायो भने पनि त्यो पुरुषलाई कमजोर ठानिन्छ । पुरुषहरू महिलाजस्तो एकजुट छैनन् । विगतमा महिलाहरू हिंसामा थिए । तर, विगतको तुलनामा केही प्रतिशत महिलामात्रै हाल हिंसामा छन् । पछिल्लो समय महिलाले विभिन्न कारण हिंसा गरिरहेको पाइन्छ । किनकि, अहिले महिलाले जे गरे पनि हिंसामा परिणत गर्न मिल्छ । नेपाली कानुन पनि महिलाकै पक्षमा छ । 

धेरै मुद्दामा महिला नै पीडक देखिए पनि पुरुषलाई नै पीडक बनाइदिन्छन् । यसो गर्न महिलालाई निकै सजिलो छ । अहिले महिला अधिकारको विषयमा वकालत गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंघसंस्था छन् । तर, पुरुषको हक, अधिकारको विषयमा लड्ने कुनै संघसस्था छैनन् । नेपाली समाजमा महिलाले जे गरे पनि हुन्छ भन्ने मानसिकता कतिपय पीडक महिलालाई थाहा भएरै यसरी हिंसा गरिरहेका हुन सक्छन् । महिलाले कुनै पनि सानो कुरालाई हिंसामा परिणत गरी उजुरी गरेको पाइन्छ ।

सायद, केही वर्षपहिले उत्तर प्रदेश भारतको कानपुरमा पत्नीपीडित पुरुषहरूको समूहले लोकसभा चुनावमा होमिएका दलहरू अघि सारेका थिए । ‘दामन वयल फेयर सासाइटी’ नामक संस्था गठन गरी उनीहरूले महिला हिंसाविरुद्धका अन्तर्राष्ट्रिय दिवसका अवसर पारी तीन सूत्रीय माग पनि अघि सारेका थिए । 

पत्नीद्वारा लगाइएको झुठा मुद्दा खारेज गर, पुरुष पीडालाई सम्बोधन गर्न पुरुष मन्त्रालय गठन गर, महिला उत्थानको नाममा पुरुषमाथि हुने हिंसा बन्द गरलगायत आवाज उठाएका थिए । यी आवाज भारतको मात्र नभई सम्भवतः विश्वकै पत्नीपीडित पुरुषहरूको साझा आवाज हुन सक्छ । सिनामंगल बस्ने एकजना भारतीय नागरिकले श्रीमतीले आफूलाई सधँै कुटपिट गर्ने, विभिन्न मानसिक यातना दिने गरेको खुलाए । सम्बन्धविच्छेद गरिपाऊँ भनी प्रहरीकहाँ उजुरी दिएको वर्षाैं बित्दा पनि सम्बन्धविच्छेद गर्न नसकेको उनको गुनासो छ ।

लेखक तथा संस्कृतविद् पदम श्रेष्ठद्वारा लिखित कन्या राशि पुस्तकमा उल्लेख भएअनुसार खाना, घरवास, गहना र यौन तृष्णाका कारण महिलाहरूले पुरुषमाथि हिंसा र विभिन्न आरोप लगाउने गरेको कुरा उल्लेख छ । तर, नारीले आफूले गर्नुपर्ने कर्तव्य भने लुकाइएको उक्त पुस्तकमा खुलाएको छैन । भनिन्छ, पुरुषले दिने पीडा सतही हुन्छ तर नारीले दिने पीडा निकै जटिल र नदेखिने खालको गहिरो हुन्छ । मार्च ८ भर्खरै गएको छ । विश्वभर महिला अधिकारको नारा गुञ्जिइरहँदा नारीवादीले यो पनि भुल्नुहुँदैन कि नारी उत्थानको तगारो नारी नै हुन् ।

वास्तवमा भन्ने हो भने महिला हिंसा पुरुषले होइन महिलाले नै गरिरहेका हुन्छन् । महिला तथा मानवाधिकारकर्मी भनाउँदा आफैँले आफ्नै घरभित्र विभिन्न हिंसा गरिरहेका हुन्छन् । कसैको ध्यान त्यसतर्फ नपुगेको मात्रै हो । आखिर हिंसा त जो कोहीमाथि हुन सक्छ । चाहे त्यो पुरुष होस् या महिला । जो गरिब, असहाय र कमजोर छ उसैसँग बढी हिंसा भइरहेको पाइन्छ । यतिमात्रै नभएर आफूमाथि भइरहेको दुव्र्यवहारलाई सहेर बस्ने व्यक्तिमाथि बढी हिंसा हुने गरेको पाइन्छ । 

काभ्रेकी सरस्वती नारीले नारीलाई कहिल्यै सहयोग गर्न नचाहने बताउँछिन् । उनी नारीलाई जुनसुकै आपत्कालीन अवस्थामा पनि पुरुषले नै सहयोग गर्दै आएको देखेको बताउँछिन् । 

‘नेपाल जात्रा संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार नेपाल संवत् ५०० तिर राजल्लदेवीले श्रीमान्सँग सामान्य मनमुटाव हुनेबित्तिकै श्रीमान्को हत्या गरी अर्काेसँग विवाह गर्ने परम्परा नै चलाएकी थिइन् । यसबाट बच्नका लागि उनका श्रीमान् राजा जयस्थिति मल्लले सती प्रथा लागु गरेका थिए । आफ्नै प्राण रक्षाका लागि राजा जयस्थितिले श्रीमतीको भन्दा पहिले श्रीमान्को मृत्यु भएमा मृतक श्रीमान्सँगै सती जानुपर्ने प्रथा चलाएको बताइन्छ ।

अहिले विश्वमा हिंसा बढ्दै गएका कारण सबै देशमा महिला अधिकारको विषयमा बलिया ऐन कानुनसमेत बनेका छन् । यतिमात्रै नभएर महिला अधिकारको विषयमा वकालत गर्नका लागि विभिन्न संघसंस्थासमेत सञ्चालनमा आएका छन् । ती संघसंस्थाले महिला हिंसाको विषयमा धेरै वर्षदेखि कुरा उठाउँदै आएका छन् । नारी हिंसाका कारण पुरुषमात्रै नभएर महिला पनि हुन् भन्ने सबैले बुझ्नुपर्छ ।

महिला बालबालिका सेवा केन्द्र कालिमाटीमा आएका अधिकांश घटनामा पुरुषै पीडित देखिएका छन् । ८० प्रतिशत पुरुष र १० प्रतिशत महिला पीडित देखिएका छन् र यस्ता घटनामध्ये ९० प्रतिशत मिलापत्रमा जाने गरेको पाइएको छ ।