बर्खास्तमा परेका मन्त्री लालबाबु पण्डितले भने ” ओलीले मलाई अन्याय गर्यो ।

100

काठमाडौं:= बर्खास्तमा परेका निबर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अ’न्याय गरेको गु’नासो पोखेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पण्डितलाई ब’र्खास्त गरेका,निकालेका थिए । ब’र्खास्तीमा परेका निवर्तमान मन्त्री पण्डितलाई डेरा पाउनै मु’श्किल परेको समाचार पनि केहिदिन अगाडी विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो । पछि उनले मुश्किलले कोटेश्वरमा मासिक २५ हजारको कोठा पाएका थिए ।

सोमबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीको क्रममा पण्डितले वि’लौना गर्दै,दुखेसो पोख्दै भने, ‘मैले राम्रो काम गरेको थिएँ, तर प्रधान मन्त्रीले अ’न्याय गर्नुभयो । उहाँले मेरो कुरा सुन्नु भएन् । कर्मचारी समायोजनमा मैले महत्वपूर्ण काम गरेको थिएँ । तर, उहाँले कुनै राम्रो रेस्पोन्स गर्नु भएन् ।’ उनले आफूले २१ महिना सम्म धेरै काम गरेको दा’बी गरे । उनले भने,‘रात दिन नभनी काम गरें । तर, प्रधानमन्त्रीले मलाई कुनै जस दिनुभएन् ।’

सामान्य र सरल स्वभावका लालबाबु पण्डित ठुला र दिर्घकालिन महत्व राख्ने काम गर्दा चर्चामा आउने गरेका छन्। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको समयमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाउँदा लालबाबुले डी’भी र पी’आर धा’री कर्मचारीलाई कानून बनाएरै पा’खा लगाएका थिए ।