बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को “हात्ती ढुंगामा” गित सार्बजनि।(भिडियो सहित)

काठमाडौं := निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत रहेको चलचित्र ‘प्रेमगीत ३’ को “हात्ती ढुंगामा” गित सार्बजनिक भएको छ।

आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको उक्त सार्बजनिक गीतमा सगर आले र मेलिना राई को स्वर रहेको छ भने सब्द हर्क सौद तथा संगीत कल्याण सिङ्ग को रहेको छ । कविराज गहतराजले कोरियोग्राफ गरेको सो गीतको भिडियोलाई बनिश शाह र भुपेन्द्र अधिकारी ले सम्पादन गरेका छन् । भिडियोमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, लगायतका कलाकारको अभिनय रहेको देख्न सकिन्छ ।

तीन करोड लागतमा बनेको चलचित्रलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् भने सो चलचित्र ३ हजार ५ सय मिटर उचाइमा मनाङको अधिकांश हिउँ परिरहेको ठाउमा छायांकन गरिएको छ । ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । चलचित्रको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

तलको लिङ्कमा क्लिक गरेर हेर्नुस् भिडियो :

फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, पुस्कर कार्की, जिबन भट्टराई, सम्वृद्धि शाही ठकुरीलगायतले पनि अभिनय गरेका छन् । चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ ।